संसद्को कामकारवाही प्रभावकारी बनाउन शीर्ष नेताहरु छलफलमा

संसद्को कामकारवाही प्रभावकारी बनाउन शीर्ष नेताहरु छलफलमा


photo: rss

सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरुले छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री ‘प्रचण्डको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी थिए ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ ।