विधान अधिवेशनको तयारीमा जसपा

विधान अधिवेशनको तयारीमा जसपा


जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारीलाई तीव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी नेतृत्वको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विधान अधिवेशनको तयारीलाई तिव्रता दिएको हो ।

सोमबार बसेको समितिको बैठकमा मूल समितिअन्तर्गत गठन गरिएका उपसमितिहरुले गरेका आ-आफ्नो तयारी र कार्य योजनाबारे रिपोर्टिङ भएको जनाइएको छ ।

जसपाले प्रचारप्रसार उपसमिति, भोजन तथा आवास उपसमिति, आर्थिक उपसमिमित, स्वयमसेवक परिचालन उपसमिति गठन गरेको छ ।

जसपाले विधान अधिवेशनलाई मितव्ययी रुपमा सम्पन्न गर्ने योजना बनाएको छ । जसअनुसार खाना र खाजाको व्यवस्था आयोजक समितिले गर्ने र आवासको व्यवस्था स्वयम् प्रतिनिधिले गर्नुपर्नेछ । प्रत्येक प्रतिनिधिले रु एक हजार प्रतिनिधि शूल्क बुझाउनु पर्ने र केन्द्रीय तहका नेताहरुका लागि प्रवेश शूल्क रु पन्ध्र सय रुपैया तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।