प्रधानमन्त्री प्रचण्डले बामपन्थीहरूलाई समेटेर समाजवादी केन्द्र गठन गर्ने योजनालाई गति दिनुभएको छ ।
मङ्गलबार (जेठ ३०) बालुवाटारस्थित आफ्नो निवासमा बोलाएर प्रचण्डले एकीकृत समाजवादी र जसपा लगायतका दलका नेताहरूसँग एक बैठक गरि समाजवादी केन्द्र बनाउने विषयमा छलफल गर्नुभयो । प्रचण्ड उपेन्द्र यादव नेतृत्वको जसपा, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, विप्लव नेतृत्वको माओवादीलगायतलाई समेटेर प्रचण्ड समाजवादी केन्द्र बनाउने तयारीमा जुट्नुभएको छ । त्यसरी समाजवादी केन्द्र बनेमा संसदीय राजनीतिको बलियो शक्ति निर्माण हुने विश्वासमा प्रचण्ड रहनुभएको छ ।
कम्युनिस्ट नाममा राजनीति गर्न अन्तर्राष्ट्रिय कारणले पनि मुस्किल पर्ने देखिएपछि समाजवादका नाममा एकजुट हुन कम्युनिष्ट नेताहरूमाथि दबाब पर्न थालेको छ । त्यसनिम्ति आगामी तीन महिनाभित्र नै समाजवादी केन्द्र निर्माण गर्ने योजनाअनुसार काम अगाडि बढिरहेको बुझिएको छ ।
प्रतिक्रिया