स्वास्थ्य उपचारका निम्ति भन्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा सिङ्गापुर जानुभएकै बेला मित्रराष्ट्र भारतका उच्चाधिकारीहरू सिङ्गापुर पुग्नुलाई नेपालमा अर्थपूर्ण मानिएको छ ।
प्राप्त जानकारीअनुसार गत साताको प्रारम्भमै देउवा सपत्नी अचानक सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । उहाँ सिङ्गापुर पुग्नु भएको तीन दिनभित्रै भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला तथा रअ प्रमुख सामन्थ गोयल र अभिजित हल्दर अलग-अलग समय पारेर सिङ्गापुरमा प्रकट हुनुभएको थियो । उहाँहरू बीच भेटवार्ता भए/नभएको र भएपनि के-कस्ता विषयहरूमा वार्तालाप भएको भन्नेबारे काठमाडौं बेखबर छ । तथापि उक्त भेटवार्तालाई काठमाडौंले समीकरण बदल्ने प्रयासका रूपमा अर्थ लगाएको छ ।
सिङ्गापुर बैठकबाट सबैभन्दा त्राहिमाम प्रधानमन्त्री प्रचण्ड बन्नुभएको देखिन्छ । उहाँले यसलाई काङ्ग्रेस-एमाले समीकरण र देउवाको नेतृत्वमा सरकार गठन गराउने प्रयासका रूपमा बुझ्नु भएको छ ।
प्रतिक्रिया