लण्डनमा साई बाबाको ८९औ जन्मदिन

लण्डनमा साई बाबाको ८९औ जन्मदिन


IMG_0053लन्डन । यही नोभेम्बर २२ तारेख शनिबारका दिन हान्स्लोस्थित एक चर्चमा साई बाबाको ८९औ जन्मदिन भब्यताका साथ सम्पन्न भयो । २३ नोभेम्बरमा जन्मदिन पर्ने भए पनि समय र परिस्थितिलाई मध्यनजर गर्दै एक दिनअगावै उक्त कार्यक्रमको गरिएको आयोजकहरुले बताएका थिए । करीब एक शय पचास जना जतिको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालीलगायत केही विदेशीहरुका साथै वसद्ध बालबालिका तथा शारीरिक रुपमा अशक्त ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । दिउँसोको १२ बजेबाट आरम्भ गरिएको उक्त कार्यक्रममा विभिन्न साई भजन कृतन, प्रार्थना, पूजापाठ आरती गरी बाबाको ८९औ जन्मदिनको केक काटेर प्रशाद वितरण गर्दै साँझ ५स्३० बजेतिर कार्यक्रम सकिएको थियो ।
सन् १९२६ नोभेम्बर २३ मा एक साधारण परिवारमा जन्मिएका सत्यनारायण राजु १४ बर्षको उमेरमा शिर्डी साईबाबाको नयाँ अवतारका रुपमा चर्चित बन्न पुगे। एउटा किशोरबाट आध्यात्मिक गुरूको रुपमा प्रशिद्दि कामाउनुका साथै हावामा हात घुमाएर विभूतिदेखि बहुमुल्य आभूषण र महंगा घडीहरू उत्पन्न गर्ने जस्ता चमत्कारका कारण उनका भक्तहरुको संख्या दिन प्रतिदिन बढ्न थाले । विश्वविद्यालय, अस्पताल, विमानस्थल र रंगशाला जस्ता ठूलाठूला कार्य गरेर धेरैलाई प्रभावित पर्न सके जसले गर्दा उनका केही कमजोरीहरु पनि गौण बन्न पुगे । जे भए तापनि हरेक कुराको दुइटा पक्ष्यहरु हुने गर्दछन् र राम्रो कुरालाई अनुशरण गराउनु र त्यसको सही रुपमा अवलम्बन गर्न सक्नु नै उपयुक्त हुन जो प्राज्ञहरु बताउँदछन् ।
IMG_0141
IMG_0092
IMG_0135