ह्याकरहरुले तपाईको कम्प्युटरको वेभक्याम अन गर्न सक्ने

ह्याकरहरुले तपाईको कम्प्युटरको वेभक्याम अन गर्न सक्ने


IMG_1836बोर्डन, बेलायत । सरकारी सूचना बिभागका अनुसार तपाईहरुको कम्प्युटरको वेभक्यामको माध्यमबाट तपाईहरुको जानकारीबिना ह्याकरहरुले तपाईहरुको फोटो तथा भीडीयोहरु खिचेर अनलाईनमा पोष्ट गर्नसक्छन् । युनिभर्सिटीका बिद्यार्थी राचेल ह्याण्डीम्यान आफ्नो घरको टपबाथमा बसेर ल्यापटपमा फिल्म हेर्दै नुहाइरहेकी थिईन् अचानक रातो लाइटको साथमा वेबक्याम अन भयो । उसको अनुसार कुनै भूतले अदृष्य रुपले उसको कम्प्युटर चलाएको जस्तो लाग्यो ।

यही टेक्निकको माध्यमबाट चोरहरुले तपाईको वेबक्यामको माध्यमबाट तपाईको घरमा राखेको बहुमुल्य समान तथा नगद राखेको ठाउँ पत्ता लगाएर तपाई घरमा नभएको मौका छोपी चोर्न थालेका छन् । त्यसको लागि तपाईँहरुले खासगरी आफ्नो कम्प्युटरको वेभ क्यामरामा विशेष ध्यान दिन जरुरी भएको छ ।