लन्डन/ यूकेको यातायात विभागले प्रचलनमा ल्याएको पेपर लाइसेन्स (Counterpart Driving License ) सन् २०१५ को जनवरी १ देखि बन्द हुँदैछ । हालसम्म ड्राइभिङ लाइसेन्सको रुपमा एउटा फोटो आई डी सहितको कार्ड र साथमा पेपर लाइसेन्स जसमा ड्राइभरले गरेका कुनै पनि गल्ती तथा सजायँको पूर्ण विवरण उल्लेख गर्ने गरिन्छ, आगामी जनवरी १ देखि चालकहरुलाई उक्त पेपर लाइसेन्स लिएर हिँड्नु जरुरी हुनेछैन । तर ठेगाना परिवर्तन गर्नको लागि भने त्यसको प्रयोग गर्न सकिनेछ । तर फोटो आई डी सहितको लाइसेन्स नभएको खण्डमा उक्त पेपर लाइसेन्स राख्नुपर्ने हुन्छ, किनकि सन् १९९८ देखि मात्र फोटोकार्ड ड्राइभिङ लाइसेन्सको शुरुवात भएको हो तर अब देखि कुनै परिबर्तन गर्नु परेमा नयाँ फोटो आईडी कार्ड नै उपलब्ध हुने ब्यबस्था छ । ड्राइभिङ लाइसेन्समा ठेगाना परिबर्तन आदि गर्नुपरेमा वा अन्य विवरणहरु जान्नु परेमा अनलाइन, फोन तथा पोस्टको समेत प्रयोग गर्न सकिनेछ जसको लागि यहाँको सरकारी आईडी (Government gateway ID ) को जरुरत पर्नेछ जसलाई अनलाइको माध्यमबाट दर्ता गर्न सकिनेछ ।
यस किसिमको नयाँ व्यबस्थाबाट केही असुविधा तथा काममा ढिलासुस्ती भने पक्कै हुनेछ किनकि यसअघि कुनै पनि संघ संस्था, कार्यालयलगायत गाडी भाडामा लिनुपर्दा पेपर लाइसेन्स देखाएर सजिलैसंग आबश्यक जानकारी प्राप्त गर्न सकिन्थ्यो तर अब भने यसको लागि अनलाइन तथा टेलिफोनको प्रयोग गर्नुपर्ने हुन्छ जसको लागि डिजिटल इन्क्वाइरी सर्भिसको ब्यबस्था गरिने भएको छ । यस्तो सुबिधा पाउनको लागि आधिकारिकता प्राप्त गर्नुपर्ने हुन्छ जुन सजिलैसँग पाउन सकिन्न । यो नयाँ ब्यबस्था ढिलासुस्ती, केहि खर्चिलो तथा आपराधिक गतिबिधिले पनि सक्रियता हुने अवसर पाउनसक्नेछन् । नक्कली ईमेलमार्फत व्यक्तिगत विवरणहरु फुत्काउने सम्भावना भएकोले कसैले पनि नबुझिकन ईमेलमार्फत आफ्नो विवरण हाल्नु हुँदैन जसले गर्दा सबैले सावधानी अपनाउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया