गर्भधारणका लागि पोपले दिए यस्तो सल्लाह

गर्भधारणका लागि पोपले दिए यस्तो सल्लाह


नि:सन्तान बाबुआमाका लागि विज्ञानले दिएको सन्तान जन्माउने कृत्रिम तरिका बरदान सावित भइरहेका बेला इर्साईका धर्मगुरु पोप बेनेडिक्ट सोह्रौँले सबै प्रकारका कृत्रिम प्रजनन विधि त्याग्न र गर्भधारणका लागि ‘सेक्स’ विधि मात्र अपनाउन सल्लाह दिएका छन् । बाँझोपनको विषयमा रोममा हालै आयोजित तीनदिवसीय भेटिकन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पोप बेनेडिक्टले कृत्रिम गर्भाधानका विधिलाई ‘हठी’ तरिका भन्दै मानव उत्पत्तिका लागि विवाह र स्वच्छ शारीरिक सर्म्पर्क नै एक मात्र सर्वस्वीकार्य तरिका रहेको बताए । विवाहपछिको यौनसर्म्पर्क भनेको कुनै पनि दम्पती एकाकार हुनु हो भन्ने तर्क दिने पोप बेनेडिक्टका अनुसार कुनै पनि अन्य जैविक तरिकाबाट वास्तविक प्रेमको अभिव्यक्ति गर्न सकिन्न र दम्पतीबीच हुने ‘सेक्स’ केवल आनन्दको अभिव्यक्ति मात्र नभएर आध्यात्मिक मार्गसमेत हो ।

रातभरमा सिङ्गै पुल गायब
नगद, सुनचाँदी, मोबाइल, कम्प्युटर, मोटरजस्ता सामग्री लुटिएका वा चोरिएका घटना आमरूपमा स्वाभाविक नै मानिन्छ, तर हजारौँ सवारी साधन तथा मानिस आवातजावत हुने ठूलो फलामे पुल नै रातारात चोरी हुन्छ भने त्यसलाई चाहिँ चोरीको इतिहासमा अनौठो मान्नुपर्छ । यस्तै अनौठो घटना हालै पोल्यान्डमा घटेको छ । त्यहाँको एक खानीसम्म आवतजावत गर्नका लागि निर्मित पुलबाट दिनभर काम गरेर साँझ फर्केका मजदुर भोलिपल्ट बिहान पुन: काममा जाँदा छक्क परे, जब बेलुका पार गरेर आएको सिङ्गो पुल नै गायब थियो । यस्तो आश्चर्यपूर्ण घटना घटेपछि त्यसको जाँचका लागि स्थानीय प्रहरी सक्रिय भयो । पछि प्रहरीले पत्ता लगायो कि रातभरिमै पुल भत्काएर टुक्राटुक्रा पारी कवाडीमा बेच्न लैजान एउटा गिरोही सक्रिय भएको रहेछ । पुल भत्काएर एउटा ट्रकमा लैजाँदै गर्दा ओभरलोडका कारण ट्रक बाटैमा थच्चिएछ, तर चोर समूह भने सुइँकुच्चा ठोक्न सफल भएछ ।

टाइटनिक डुब्नुमा चन्द्रमाको हात
आजभन्दा ठीक सय वर्षअघि एटलान्टिक महासागरमा डुबेर १५ सय मानिसको ज्यान लिएको टाइटनिक जहाजको चर्चा अहिलेसम्म पनि हुने गर्छ । महासागरमा जमेर बसेको बरफको ढिस्कोमा ठोक्किएर उक्त भीमकाय आलिशान पानीजहाज आफ्नो पहिलो यात्रामै दुर्घटनाग्रस्त हुन पुगेको थियो । त्यसरी हिउँको पहाडमा ठोक्किनुको कारण चालकदलको असावधानी हो भन्ने ठानिँदै आए पनि उक्त दुर्घटनाबारे नयाँ तथ्य प्रकाशमा आएको छ । खगोलविद्हरूका अनुसार टाइटनिक डुब्नुमा चन्द्रमाले गम्भीर भूमिका निर्वाह गरेको थियो । चौध सय वर्षमा एकपटक चन्द्रमा पृथ्वीको अत्यन्त नजिक आउने घटना नै सो दुर्घटनाको एक मात्र कारण रहेको दाबी गर्दै खगोलविद्हरूले भनेका छन्- टाइटनिक दुर्घटना भएको सन् १९१२ जनवरी १२ का दिन चन्द्रमा पृथ्वीको सर्वाधिक नजिक आएको थियो जसका कारण समुद्रमा विशाल छाल उठ्यो र त्यसको तीन महिनाअघिदेखि नै बरफको एक विशाल एवम् घातक चट्टानी ढिस्को कमजोर भई पानीबाट छुट्टएिर रहेको थियो जो साउथैम्पटनबाट न्युयोर्कको यात्रामा निस्केको टाइटनिकमा गएर ठोक्कियो र उक्त कहालीलाग्दो दुर्घटना निम्तिन पुग्यो ।

मस्तिष्क क्यान्सरमा भिटामिन सी उपयोगी
मस्तिष्क क्यान्सर र भिटामिन ‘सी’बीच के सम्बन्ध छ भनी कसैले प्रश्न गर्‍यो भने सामान्यतया ‘कुनै सम्बन्ध छैन’ भन्ने जवाफ आउन सक्छ । तर, अनुसन्धानकर्ताहरूले यी दुईबीचको सम्बन्ध मानवका लागि फलदायी हुने दाबी गरेका छन् । उनीहरूका अनुसार भिटामिन ‘सी’ले बे्रन क्यान्सर रोगीको ट्युमरलाई तीव्रताका साथ नष्ट गरिदिने काम गर्छ । भिटामिन ‘सी’को अधिक सेवनबाट क्यान्सरका रोगीलाई रेडियसन थेरापीको क्रममा मस्तिष्कमा पाइने ट्युमर नष्ट गर्न अत्यन्त सजिलो तुल्याइदिने वैज्ञानिकहरूको दाबीले बे्रन ट्युमरको उपचारलाई विकसित रूप दिन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सन्तानको खातिर पचहत्तर दिन कष्टासन !
सन्तान जन्माउनुअघि कुनै पनि आमाले नौ महिनासम्म कोखमा बोझ उठाउनुपर्ने बाध्यता रहन्छ । त्यस दौरान उनले अनेक दु:ख-व्यथासँग मुकाबिला गरि्छन्, तथापि यसलाई आमा बन्ने महिलाले स्वाभाविक रूपमै लिएकी हुन्छिन् । तर, गर्भमा रहेको सन्तानको रक्षाकै लागि कुनै आमाले अढाइ महिनासम्म खुट्टा ठाडो पारेर बस्नुपर्ने अवस्था झेल्नुपर्दा कति पीडा होला ? सो स्वस्थ सन्ततिका खातिर पोल्यान्डकी एक महिलाले यस्तो अप्ठ्यारोसँग पनि जुझने सफलता हासिल गरेकी छिन् ।
जुआना कजइस्तोनेक नामक ती महिलाको पेटमा एकै गर्भमा तीन शिशु रहेका थिए । गर्भ रहेको पाँच महिनामा पेटको एक अप्रेसनका दौरान एक शिशुको मृत्यु भयो । त्यसपछि डाक्टरले उनलाई एक अनौठो सल्लाह दिए, जसअनुसार बाँकी दुई शिशुलाई स्वस्थ रूपमा जन्माउनका लागि अढाइ महिनासम्म जुआनाले आफ्नो दुवै खुट्टा ठाडो पारेर बस्नुपथ्र्यो । त्यस्तो असहज कार्य पनि सन्तानका लागि गर्न उनी राजी भइन् र डाक्टरको निगरानीमा उनले पचहत्तर दिन पूरा गरिन् । अन्तत: उनलाई आइगा र आइगनेसी नामक स्वस्थ जुम्ल्याहा सन्तान प्राप्त भइछाड्यो । स्वस्थ बच्चा जन्मेपछि जुआनाले आफूले अढाइ महिनाको कष्ट बिर्सेको प्रतिक्रिया दिइन् ।