आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०८० बिहीबार, १४ सेप्टेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ भदौ २०८० बिहीबार, १४ सेप्टेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र २८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १४ तारिख विहीबार भाद्रपद कृष्णपक्षको अमावश्या तिथि पूर्वाफाल्गुणी नक्षत्र साध्य योग चतुष्पाद करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त सांझ १८ः९ बजे हुनेछ । कुशेऔंसी, बाबुको मुख हेर्ने दिन, गोकर्ण स्नान ।

आजको राशिफल

मेष – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्ल । पारिवारिक भेटघाटको योग छ । प्रेमपात्रसित भेटघाट हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

वृष – बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने प्रयत्न गर्नुहोला । पढाइलेखाइ सम्बन्धी कर्ममा प्रगति हुनेछ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । सुख–समृद्धि बढ्नेछ । बुद्धिको उपयोगले शत्रु परास्त होलान् । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ एवम् सजावटसम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ ।

कर्कट – व्यापारमा राम्रै फाइदा हुने समय छ, तथापि, केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । आर्थिक अभावले सताउन सक्छ, सचेत रहनुहोला । व्यवसायमा केही उतारचढाव आउला । प्रेम र मित्रताको बन्धन भने कसिलो बन्नेछ । सुख सुविधाका वस्तुको उपलब्धता एवम् रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर जुर्न सक्छन् । नाता-कुटुम्बको सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्तिको अवस्था रहला ।

कन्या – आजको दिन मनोरञ्जनपूर्ण रहला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन पनि कसिन सक्छ । पारिवारिक सुख शान्ति र समृद्धिका साथै पराक्रम बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । कार्यगति बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई प्रभावित तल्याउन सकिएला । कर्मबलका साथै आय वृद्धि हुनेछ । व्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्ने दिन भएपनि सहयोगीहरूले हात झिक्नाले केही समस्या आइपर्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । नाता गाँस्नेहरूले केही दुःख दिन सक्छन्, सावधान रहनुहोला । तथापि, तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । कार्यमा सफलता प्राप्त हुनेछ । केही खर्च बढ्ने योग हुनाले योजना र बजेट बनाइ व्यवहार गर्नु हितकर होला ।

धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । रोकिएका काम पुनः गर्ने प्रयास गर्दा सम्पन्न हुने योग छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । स्वास्थ्प्रति भने विशेष सावधानी अपनाउनुपर्ने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

मकर – नयाँ शिप तथा ज्ञान प्राप्त हुने समय छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्दै हुनुहुन्छ भने मौका छोपिहाल्नु हितकर हुनेछ । पढाइमा प्रगति होला । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । नियमकानूनले साथ दिनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – दिन शुभदायी छ । बोलीको प्रभाव बढ्ने, अवसरले पछ्याउने र धनलाभ हुने समय छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्नेछ । चिताएको काम बन्ने योग रहला । आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । आरोग्यता बढ्नेछ ।

मीन – पारिवारिक समस्याहरू देखापर्न सक्छन् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि खटपट पर्न सक्ने समय छ, विवेकपूर्ण व्यवहार गर्नु हितकर होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । अवसरको फाइदा उठाउने कोशिस गर्नुहोला । आरोग्यबल बढ्नेछ । रोग र शत्रुलाई जीत्ने सामर्थ्य रहला ।