घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु


घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन् ।

पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाइका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त शहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो ।

बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही ब्यापारीसमेत रहेका अब्दुलाइले जनाएका छन् ।

सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए ।

अब्दुलाइका अनुसार सुरक्षा निकायले द्रूत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।