अलास्कामा अमेरिका-भारत सैन्य अभ्यास

अलास्कामा अमेरिका-भारत सैन्य अभ्यास


अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो ।

दुवै देशका सेनाले अलास्कामा अभ्यास गरेका भारतीय सेनाका अधिकारीहरूले शुक्रबार बताएका छन् । अभ्यासमा सहभागी हुन भारतीय सेनाको टुकडी हालै अलास्का पुगेको हो । सैन्य अधिकारीहरूले यसबाट उत्कृष्ट अभ्यास र अनुभवको आदानप्रदान, एकअर्काबाट सिक्न सहज हुने, अन्तरसञ्चालन क्षमता अभिवृद्धि र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने बताएका छन् ।

संयुक्त युद्ध अभ्यास यही असोज २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासको अलास्का संस्करणमा भारतीय सेनाका तीन सय ५० जवान सम्मिलित छन् ।