‘जी २० को सफलता भारत-अमेरिका साझेदारीको सफलता हो’

‘जी २० को सफलता भारत-अमेरिका साझेदारीको सफलता हो’


भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी-२० शिखर सम्मेलनको सफलता सफलता भारत-अमेरिका साझेदारीको सफलता भएको बताएका छन् ।

‘शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो’, शनिबार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कुटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भन्नुभयो- ‘जी २० शिखर बैठकमा विश्वका नेताहरूलाईं एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ ।’

अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशङ्करले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताए ।

गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उनले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जी २० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताए । ‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति उनको लगाव रहेको विदेशमन्त्रीले उल्लेख गरे ।