स्पेनी रात्रिक्लब आगलागीमा परेर तेह्र जनाको मृत्यु

स्पेनी रात्रिक्लब आगलागीमा परेर तेह्र जनाको मृत्यु


दक्षिण-पश्चिम स्पेनको एक रात्रिक्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आइतबार बिहान आगलागी भएको हो । स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको आगलागीमा धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ६ः०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन् । आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको भन्दै उनले दुःख प्रकट गरेका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।