गाजाअन्तर्गत रहेका असंख्य सुरुङहरू इजिप्टबाट सामानहरू तस्करी गर्न र इजरायलमा आक्रमण गर्न प्रयोग हुने बाटोको रूपमा चिनिन्छन् । तर त्यहाँ दोस्रो भूमिगत नेटवर्क छ, जसलाई इजरायली रक्षा बलहरूले बोलचालमा ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्दछन् । कतिपय सुरुङ त धेरै किलोमिटर लम्बाइका छन् जो मानिस र सामानहरू ढुवानी गर्न प्रयोग गर्ने गरिन्छ ।
रकेट र गोला बारुद भण्डार गर्न प्रयोग हुने यी सुरुङबाट हमासले कमाण्ड र कन्ट्रोल सेन्टरसमेत बनाएको छ, जो लडाकु विमान र निगरानी ड्रोनले समेत भेटाउन सक्दैनन् । साँच्चै ती सुरुङहरु चकित पार्ने खालका छन् ।
सन् २०२१ मा हमासले गाजाअन्तर्गत ५०० किलोमिटर सुरुङ निर्माण गरेको दाबी गरेको थियो, यद्यपि यो स्पष्ट छैन कि त्यो आँकडा सही वा वनाबटी हो । यदि यो साँचो हो भने हमासको भूमिगत सुरुङहरू न्यूयोर्क शहर सब वे प्रणालीको आधा लम्बाइ भन्दा अलिक कममात्र रहेको छ ।
इजरायलको रेचम्यान युनिभर्सिटीका प्रोफेसर र भूमिगत युद्धका विशेषज्ञ डाफ्ने रिचमन्ड बाराकले भने, ‘यो धेरै जटिल, धेरै ठूलो र ठूलो क्षेत्रको सानो टुक्रामा सुरुङहरूको नेटवर्क हो ।’
यो अझै अस्पष्ट छ कि टनेल नेटवर्कले तटीय पट्टीमा शासन गर्ने हमासले कति खर्च गऱ्यो ? यो संख्या जनशक्ति र पुँजी दुवैको हिसाबले महत्त्वपूर्ण मानिएको छ ।
विज्ञहरू भन्छन् कि आधारभूत उपकरणहरू प्रयोग गरेर सम्भवतः गहिरो भूमिगत नेटवर्क खनिएको छ, जसलाई बिजुलीको तार र कंक्रीटद्वारा बलियो बनाइएको छ ।
इजरायलले लामो समयदेखि हमासलाई नागरिक र मानवीय उद्देश्यका लागि पाएको आर्थिक सहयोग कंक्रीटको सुरुङ निर्माणमा खर्चेको आरोप लगाउँदै आएको छ ।
गाजा अहिले इजरायलद्वारा भूमि, समुद्री र हवाई नाकाबन्दी अन्तर्गत रहेको छ । तर, उसलाइ सुरूङले समस्या पारिरहेको छ, जसका कारण उ लक्षित उद्देश्यमा पुग्न सकिरहेको छैन ।
- एजेन्सी
प्रतिक्रिया