भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु

भारतमा अर्ध-उच्च गतिको रेल सेवा सुरु


भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् ।

आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गरे ।

रेलले उत्तर प्रदेशको साहिबावाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ ।

प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उनलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरुसँग कुराकानी गरिरहेको देखाइएको छ ।

‘भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास १ दिल्ली-मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ’, ऱ्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भनेका छन् ।।

अधिकारीहरुका अनुसार दिल्ली-गाजियाबाद-मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।