गर्भवती मोडेलको हत्या, फ्रिजमा भेटियो शव

गर्भवती मोडेलको हत्या, फ्रिजमा भेटियो शव


अमेरिकाको लस एन्जलसमा एक गर्भवती मोडल मृत फेला परेकी छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्युअघि उनलाई कुटपिट गरिएको थियो । पोस्टमार्टमका अनुसार ती महिला मोडल दुई महिनाकी गर्भवतीसमेत थिइन् ।

ती महिलाको नाम मलेसा मुनी रहेको प्रहरीले जनाएको छ । मुनीकी बहिनी जोर्डिन पाउलिनले स्थानीय समाचार केटिएलएलाई बताएअनुसार उनकी बहिनीले सधैं आमा बन्ने सपना देखेकी थिइन् र, उनको मृत्युको समयमा दुई महिनाको गर्भवती थिइन् ।

विष विज्ञानको नतिजाले महिलाको शरीरमा बेन्जोइलेगोनिन (एक कोकेन मेटाबोलाइट) साथै कोकाइथिलिन र इथानोलको मिश्रण भेटिएको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ । पोस्टमार्टमको समयमा शरीरमा चोटपटकको अवस्था हेर्दा यी ज्यान जोखिममा पर्ने चोटहरू थिएनन् भन्ने अनुमान गर्न सकिने उक्त समाचारमा भनिएको छ ।

मुनी फेला परेको परिस्थितिले मृत्यु हुनुअघि उनमाथि कोही शारीरिक हिंसामा संलग्न भएको संकेत गरेको छ । समाचारअनुसार प्रहरीले मुनीको शव फ्रिजमा रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । उनको मुख बन्द थियो, हात खुट्टा बाँधिएको थियो। महिलाको घाँटी थिचेको पनि प्रमाण भेटिएको छ ।

मोडेल मुनीकी बहिनीले भनेकी छन्, ‘मेरी दिदीले त्यो समय कसरी गुजारेकी होलिन्, जुन बेला उनमाथि हमला भएको थियो, म कल्पना पनि गर्न सक्दिनँ, यो सोचेर मात्रै पनि म अहिले पनि काँपिरहेको छु ।’

मुनीको फोन र म्याकबुकसँग जोडिएको आइक्लाउडमा अलर्ट रहेको प्रहरीले जनाएको छ । जसको मतलब उसको फोन अरू कसैले प्रयोग गरिरहेको थियो भन्ने देखिएको छ । त्यसैमा टेकेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।