नेपाली सेनाको प्रधानसेनापतिको रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले २ वर्ष उमेर घटाएर प्रधानसेनापति बन्ने उद्देश्य राखेका र सो उद्देश्यमा व्यवधान पैदा भएपछि उनी पदबाट राजीनामा दिइ नेपाली सेनाबाट सेवानिवृत्त भएका हुन् ।
उपरथी पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको रेकर्डमै केरमेट गराएर उमेर घटाएका बताइन्छ । यो मुद्धा अख्तियार दुरुपयोग आयोगसम्म पुगेको थियो ।
आयोगले सार्वजनिक भएका समाचार र उजुरीका आधारमा छानविन गर्न रक्षा मन्त्रालयलाई पत्र पठाएको थियो । आयोगका अनुसार छानविन गर्न सैनिक मुख्यालयलाई पनि भनिएको थियो ।
यो प्रकरणमा सैनिक मुख्यालयले रथी सीताराम खड्काको नेतृत्वमा सैनिक कानुन विभाग प्रमुख रत्नप्रकाश थापासमेत ३ जनाको छानविन समिति बनाएको थियो ।
समितिले छानविनका क्रममा उपरथी पाण्डेको बदमासी भेटेपछि कोटमार्सल हुने भयले उनले राजीनामा दिएको सैनिक श्रोतको दाबी छ ।
प्रतिक्रिया