नेपाल र भारतका अधिकारीबीच सीमामा निगरानी बढाउने सहमति

नेपाल र भारतका अधिकारीबीच सीमामा निगरानी बढाउने सहमति


  • नारद कोहार, कपिलवस्तु

भारत र नेपालको सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दुवै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारीबीच सिमामा निगरानी बढाउने सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनीको आयोजनामा भारतीय सशस्त्र सिमा बल सेक्टर हेडक्वाटर लखिमपुर खिरी, सेक्टर हेडक्वाटर गोरखपुरबीच डिआईजी लेबलको काउन्टरपार्टस मिटिङमा सो निर्णय गरिएको हो ।

बैठकमा दुवै देशका सशस्त्र सुरक्षा अधिकारीहरुले सिमा अपराध नियन्त्रणमा एकआपसमा सहयोग र समन्वय बढाइ ठोस पहल गर्ने निर्णय भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए । बैठकमा सिमा सुरक्षलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन नेपालको सशस्त्र र भारतको एसएसबिको थप टोली तैनाथ गर्ने समेत सहमति बनेको थियो ।

दुवै पक्षले सिमा अपराध नियन्त्रण तथा सीमापार नेपाली र भारतीय नागरिको सुरक्षित, सहज र मर्यादीत आवतजावतमा जोड दिइएको प्रहरी उपरिक्षक केसीको भनाइ छ । दशगजा क्षेत्रलाई सफा र सुन्दर राख्न संयुक्त सरसफाई अभियान संचालन गर्ने, दुवै देशमा सुरक्षित आउजाउ गर्न हेल्प डेस्को स्थापना, सूचना आदानप्रदान गर्ने समेत सहमित भएको थियो ।

बैठकमा सीमा सुरक्षा, भन्सार छली र अवैध सामान ओसारपोसार नियन्त्रण, मानव बेचबिखन÷अपहरण, हातहतियार तथा लागु औाषध नियन्त्रणका विषयमा समेत छलफल भएको थियो । बैठकमा दुवै देशको सुरक्षा संवेदनशीलता विषयमा गम्भीर ढंगले छलफल भएको थियो ।

बाहिनीपति तथा सशस्त्र प्रहरी नायब उपरिक्षक अभिकुमार खत्री लखिमपुर खिरीका डिआईजी जेडी वशिष्ठ गोरखपुर डिआईजि अखिलेश्वर सिंहले सिमा अपराधलाई निस्तेज पार्न एकआपसरमा समन्वय र सुचना आदानप्रदानालई बढाउँदै लानु पर्ने विषयमा जोड दिएका थिए ।

दशगजा क्षेत्रमा सुरु भएको सिमा स्तम्भहरुको मर्मत र सम्भारका कार्यलाई समेत दुवै देशका सशस्त्र प्रहरीले समयमै सम्पन्न गर्नेमा जोड दिइएको थियो । सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ र भारतीय सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी अखिलेश्वर सिहले स्वागत मन्तब्य दिएका थिए ।

उक्त बैठकमा लुम्बिनी प्रदेशका भारतसँग सिमा जोडिएका गणका गणपति र भारतीय एसएसबिका कमाण्डेन्टकहरुको सहभागिता रहेको थियो ।