प्रहरीले बारा र मोरङमा करिब १० लाख रुपैयाँका पटका बरामद गरेको छ । तिहारमा आतिसबाजी गर्न ल्याइएका त्यस्ता पटका बरामदपछि खाडल खनेर पुरिएको प्रहरी जनाउँछ ।
वीरगञ्ज प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाका अनुसार तिहार र छठको समयमा भारतबाट लुकाएर ल्याउने क्रममा करिव ८ लाख रुपैयाँ मूल्यबराबरका पटका बरामद भए । ती सबै पटका खाडल खनेर पुरिएको डिएसपी थापाले बताए ।
यस्तै, मोरङ प्रहरी र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले खोर्सानी पटका ३ हजार ५ सय प्याकेट, विभिन्न किसिमको झिरझिरे ३ सय ५० प्याकेट बरामद गरेको छ ।
खोर्सानी पटका र झिरझिरेको बजार मूल्य करिव १ लाख ८३ हजार ७ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद भएका पटका, झिझिरे, आलु बमसमेत जनप्रतिनिधिको रोहवरमा खाडल खनेर गाडिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया