चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।
पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई बुधबार साँझ काठमाडौंमा रु. दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई, नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ र नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
भूकम्पपीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुऱ्याइदिने जानकारी दिएको डा. भट्टराईको भनाइ छ । स्थानीय राजनीतिक दल र प्रतिनिधिकाहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताए ।
photo: rss
प्रतिक्रिया