झाडीमा सालनालसहितको बच्चा भेटियो

झाडीमा सालनालसहितको बच्चा भेटियो


हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सालनालसहितको बच्चा यत्तिकै झाडीमा फालिदिँदा शिशुको खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानवसेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ ।

हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था भने सामान्य रहेको मानवसेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् । बच्चा कसले सडकमा ल्याएर फालेको हो हालसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले जानकारी दिए ।

photo: rss