आजको पञ्चाङ्ग एवम् राशिफल (३ मङ्सिर २०८० आइतबार, १९ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ मङ्सिर २०८० आइतबार, १९ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्तऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ३ गते इ.सं. २०२३ नोभेम्बर १९ तारिख आइतबार कार्तिक शुल्क पक्षको षष्ठी ७ः५२ पर सप्तमी तिथि श्रवण नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । छठ पर्व ।

आजको राशिफल

मेष – अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, र पनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । सकारात्मक अवसरहरू आउनेछन्, मन प्रशन्न रहनेछ । साथीभाइबाट हौसला मिल्नेछ, काममा आफन्तजनको सहयोग रहनेछ । कर्मबल, बौद्धिकता र रचनात्मकता बढ्नेछ । कामको यात्रा सफल रहला ।

वृष – भाग्यबल बढ्नेछ । आयआर्जनको दृष्टिले दिन राम्रै छ । उद्योग एवम् व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग पनि छ । स्वास्थ्यमा भने आजको दिन विशेष ध्यान राख्नु हितकर हुनेछ । मनोरन्जनात्मक क्रियाकलापमा समय ब्यतीत होला । परिवारिक सुख रहनेछ ।

मिथुन – आजको दिन वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जांगर पलाएर आउने छ भने ब्यापार ब्यावसायमा फाइदा नै होला । तथापि, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, ध्यान राख्नुहोला । ब्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । मान महत्व वृद्धि हुनेछ । ।

कर्कट – महत्वपूर्ण काममा स्वास्थ्य बाधक बन्न सक्ने समय छ । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । छरछिमेकमा विवादको सम्भावना छ, सावधान रहनुहोला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ, रुपैयाँपैसा हराउन सक्छ, विशेष सचेतना राख्नु हितकर होला । दाम्पत्य सुख र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – काम बिग्रने डरले सताएपनि व्यापार ब्याबसायमा राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मानसम्मानमा आघात पुग्न सक्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता र साहस बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । प्रेमभाव बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । आरोग्यता र सुख-शान्ति वृद्धि हुनेछ । विलासी कार्यमा खर्च हुन सक्छ, सचेत रहनु बेस ।

वृश्चिक – सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्य पनि त्यत्ति सवल नरहन सक्छ । पढाइलेखाइमा खासै मन नजाला । धेरै लगानीका बाबजुद कम प्रतिफल प्राप्त हुने योग छ । तथापि, समस्याको समाधान निस्कनेछ । प्रतिष्पर्धामा तपाईंकै जित हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । अध्ययन-अध्यापन कार्यमा प्रगति हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता हातपर्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । अरूका विषयमा अनावश्यक चासो राख्दा विवादमा पर्ने योग छ, सचेत रहनुहोस् । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ ।

कुम्भ – समय चुनौतीपूर्ण छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले सचेत रहनुहोला ।सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाको योग छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । स्वास्थ्यमा सामान्य समस्या रहला, व्यावसायिक काममा पनि समस्या आउन सक्छ । तथापि, भय–भ्रम हट्ने, सन्तानसुख मिल्ने र शत्रुमाथि विजय प्राप्त हुने समय छ ।