बर्दियाको राजापुर नगरपालिका-१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालका अनुसार ममतालाई घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको थियो ।
बितेको चार वर्षमा नेपाल-भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया