लण्डन । यही मिति १६ तारिखका दिन London, woolwich बेलायतमा बसेको गैर आवासीय नेपाली संघ बेलायतको कार्यसमितिको निर्णयानुसार बेलायत अन्य कुनै पनि राष्ट्रबाट विद्यावाराधि [PhD]गरी हाल बेलायतमा बसोबास गर्दै आएका सबै विज्ञहरुलाई एकै ठाउँमा जम्मा गरी निजहरुलाई सम्मान गर्ने र निजहरुको विशेषज्ञताहरु संकलन गरी बेलायत नेपाली समाज र नेपालमा के कसरी सहयोग उपयोग गर्न सकिन्छ भन्ने सुझाबसहित निजहरुको विवरण, संस्थाको बुझाइमा नेपाल सरकारलाई जानकारी गराउनु पर्ने अवस्था रहेको हुँदा गैर आवासीय नेपाली संघ बेलायतका प्रमुख संरक्षक प्रो. डा. सूर्य सुबेदीको प्रत्यक्ष सल्लाह र सुझाब लिई उनको संयोजकमा एक बिशेष कार्यक्रम गरिने भएकोछ ।
उक्त समाहरोहमा बेलायतस्थित सबै विद्यावाराधि [PhD] गरी हाल बेलायतमा बसोबास गर्दै आएका सबै विज्ञहरुलाई तल उल्लेखित स्थान र समयमा उपस्थित हुनको लागि संस्थाले अनुरोध गरेकोछ ।
भेला संयोजन समिति :
प्रो. डा. सूर्य सुबेदी -संयोजक
प्रो. डा. पदम सिंखडा
डा. चन्द्र लक्सम्ब
डा. भरत सिंखडा
डा. राम नारायण कन्दँग्वा
डा. परुषोत्तोम पौडेल
डा. मीन रानाभाट
भेला आयोजक र बयबस्थापक समिति [NRNA UK]
महेन्द्र राज कंडेल -अध्यक्ष
आर के त्रिपाठी -महासचिब
अर्जुन कटुवाल -कार्यालय सचिब
प्रतिक्रिया