कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल-मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने भ्रमण सम्पन्न गरी उनी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्ने जनाइएको छ ।
प्रतिक्रिया