उर्जासचिव घिमिरेको राजिनामा मन्त्रिपरिषदद्वारा स्विकृत

उर्जासचिव घिमिरेको राजिनामा मन्त्रिपरिषदद्वारा स्विकृत


यस्ता छन् मन्त्रिपरिषदका निर्णय

उर्जासचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले घिमिरेको राजिनामा स्विकृत गरेको हो ।

यस्ता छन् आज (७ मंसिर बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरनिवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।

२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने ।

३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजश्व, प्रहरी नायव उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट)

४. नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी स्वीकृत गर्ने ।

५. उर्जासचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।