सर्वोच्चमा सिफारिस गरिएका न्यायाधीशविरुद्ध सुनवाइ समितिले उजुरी लिने

सर्वोच्चमा सिफारिस गरिएका न्यायाधीशविरुद्ध सुनवाइ समितिले उजुरी लिने


सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायधीशहरूविरुद्ध उजुरी आह्वान गरिने भएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसद् सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाई जानकारी गराएको थियो । सिफारिसको जानकारी गत मंसिर ६ गते समितिलाई पठाएपछि शुक्रबारको बैठक सुनवाइ प्रकिया सुरू गर्ने निर्णय लिएको हो ।

सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकाल सिफारिस गरेको थियो ।