उपत्यकामा उच्च बज्न थाले सवारी साधनका हर्न !

उपत्यकामा उच्च बज्न थाले सवारी साधनका हर्न !


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानी उपत्यकामा चल्ने सवारी साधनमा हर्नको उच्च प्रयोग उच्च हुन थालेको पाइएको छ । ट्राफिक प्रहरीले दैनिकजसो एक सयबढी गाडीलाई उच्च हर्न बजाएकै कारण कारवाही गरिरहेको छ ।

उच्च हर्न बजाउने चालकलाई पहिलो पटक ५ सय, दोश्रो पटक एक हजार र तेश्रो पटक १ हजार ५ सय रुपैयाँ जरिवाना लिने गरेको ट्राफिक प्रहरी जनाउँछ ।

गाडीको जामका कारण छिटो सडक खोल्न भन्दै अनावश्यक स्थानमा पनि हर्न बजाउने गरेको पाइन्छ । ‘पिक आवर’ भनिने समयमा हर्नको बढी प्रयोग हुन्छ । बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ६ बजेसम्म उपत्यकाका सडकमा हर्नको आवाज बढी सुनिन्छ ।

काठमाडौं उपत्यकामा करिव १४ लाख गाडी गुड्ने गरेका छन् । तीमध्ये केहीमा ब्लो भनिने ठूलो आवाज निकाल्ने हर्न पनि प्रयोग भएको पाइन्छ । त्यस्ता हर्न ट्राफिकले नियन्त्रणमै लिने गरेको छ ।

कोटेश्वर ट्राफिक प्रमुख अच्युत गिरी कोटेश्वर क्षेत्रमा दैनिक १५ देखि २० जना चालकलाई हर्न बजाएकै कारणमा कारवाही गरिरहेको बताउँछन् । उनका अनुसार पछिल्ल्लो समय हर्नको आवाज केही कम सुनिन थालेको छ ।

उपत्यका ट्रफिक प्रहरी हर्नको सीमित प्रयोग गर्न अभियानकै रूपमा काम भइरहेको जनाउँछ । एक ट्राफिक अधिकृतले भने, ‘विगतमा जस्तै हर्नको प्रयोग कम गर्न अभियानकै रूपमा राजधानीमा खटिएका १ हजार ७ सय ट्राफिकलाई निर्देशन दिइएको छ ।