आजको पञ्चाङ्ग एवम् राशिफल (११ मङ्सिर २०८० सोमबार, २७ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ मङ्सिर २०८० सोमबार, २७ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर ११ गते इ.सं. २०२३ नोभेम्बर २७ तारिख सोमबार कार्तिक शुल्क पक्षको पूर्णिमा तिथि कृतिका नक्षत्र शिव योग बालव करण आनन्दादिमा स्थिर योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहने छ । काठमाडौंमा सूर्योदय बिहान ६ः३५ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । कार्तिक स्नान चतुर्मास व्रत समाप्ति ।

आजको राशिफल

मेष – समय केही चुनौतीयुक्त छ । उच्च महत्वाकांक्षाले नोक्सानी निम्त्याउन सक्छ भने विलासितामा खर्च बढ्नेछ योग छ । आजको दिन स्वास्थ्यप्रति पनि विशेष ध्यान राख्नु हितकर हुनेछ । पतिपत्नीबीच असमझदारी बढ्न सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार हुने सम्भावना रहेकोले व्यवहारमा संयमता र सावधानी अपनाउनु उचित हुनेछ । आफन्त एवम् मित्रजनको साथ मिल्नेछ ।

वृष – समय अनुकुल छ । परिवार तथा साथीभाइको सहयोग प्राप्त हुनेछ भने धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्ला । जीवनसाथीलाई भने केही पीडा हुने ग्रहयोग छ । आरोग्यताका साथै रसरागको भावना वृद्धि हुनेछ । मान महत्व बढ्नेछ ।

मथुन – आजको दिन ब्यापारबाट राम्रै धनलाभ हुनेछ भने भौतिक साधनहरू जुट्नेछन् । नसोचेको ठाउँबाट लाभ प्राप्त भइ मन प्रशन्न होला । अध्ययन-अध्यापनमा पनि प्रगति हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । चाहेअनुसार काम बन्नाले मन प्रशन्न रहला ।

कर्कट – तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । बन्धुबान्धवसँग भने असमझदारी बढ्ने योग छ । सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । खेलकूद भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । बल विवेकको सही प्रयोगले काम बन्नेछ ।

सिंह – कर्मबल र आरोग्यता बढ्ने समय छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएला । तर, अनावश्यक कार्यमा खर्च बढ्ने तथा प्रतिस्पर्धीहरू प्रवल बन्ने योग छ । स्वास्थ्य पनि सवल नरहन सक्छ । व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ, सावधान रहनुहोला ।

कन्या – मिश्रित फलदायी समय छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनुहोला । आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ तर आर्थिक समस्या भने समाधान हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । समस्यामा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – समय शुभदायी छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, तथा पशुधनबाट पनि राम्रै लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग भएकोले विशेष सतर्कता अपनाउनुहोला । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मिठो भोजन प्राप्त हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । तर, समयमै निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । रोकिएका काम बनी नयाँ काम सुरु हुने योग छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ ।

धनु – स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै बेस हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

मकर – मानसम्मानका मिल्ने र आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ भने सार्वजनिक काममा संलग्न व्यक्ति हुनुहुन्छ भने उच्चस्तरकै मानसम्मान प्राप्त हुने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भई मंगलमय काम सम्पादन हुन सक्छ । आफन्तजनको सहयोग पनि जुट्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – आजको दिन उत्साहवर्द्धक समाचार सुन्न पाइएला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । प्रतिस्पर्धी परास्त होलान् । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । व्यस्तताका साथै अनुकुलता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – आजको दिन परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । पराक्रमका साथै धन मान महत्व बढ्नेछन् ।