लण्डन । प्रवासी नेपाली मञ्च वेलायतको चौथो पूर्ण वैठक लण्डनमा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष रामशरण सिंखडाको अध्यक्षता तथा महासचिव तुंगभद्र भूसालले सञ्चाल गरेको बैठकको शुरुवातमा नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । त्यसपछि एजेण्डागत रुपमा भएको छलफलवाट महत्वपूर्ण निर्णयहरु गरेको जनाइएको छ । अक्टोवर २२ मा भएको देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सफल भएको मूल्यांकन गरिएको थियो । सो अवसरमा कार्यक्रम संयोजक समितिलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । यसैगरी मञ्च स्थापनाको दशौं वार्षिक उत्सव भव्य कार्यक्रमकासाथ २०१५ को फेव्रुअरी महिनाभित्र मनाउने निर्णय भएको थियो ।
मार्च ८ को अन्तर्राष्ट्रिय नारी दिवसलाई सफल रुपले सम्पन्न गर्न मञ्चका सदस्यहरु सुशीला राई संयोजक र स्मिता आत्रेयलाई सहसंयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको जनाइएको छ । नेकपा एमालेका एकजना सक्रिय कार्यकर्ता गणेश मैनालीलाई लागेको विश्वकै गम्भीर मध्यको एउटा रोगको उपचारार्थ सहयोग संकलन गर्नकालागि उपाध्यक्ष रमेश वास्तोलालाई संयोजक तोकी चाँडो भन्दा चाँडो यथासक्य सहयोग पुर्याउने निर्णय भएको जनाइएको छ । बैठक अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कुरा उपाध्यक्षद्धय रविन्द्र कंडेल र रामजी बरालले बताए ।
प्रतिक्रिया