प्रसाईंका स्वकीयसचिवसहित पन्ध्र जना पक्राउ

प्रसाईंका स्वकीयसचिवसहित पन्ध्र जना पक्राउ


गणतन्त्रविरोधी अभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलका अनुसार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा दिपेश खड्का, मेहरमान बस्नेत, श्रीनिवास आचार्य, निकेश बाँस्तोला, भोजराज तमिल्सिना, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन खड्का, हरि बिशुङ्खे, भुवन परियार, दीपक गोस्वामी र देवेन्द्र काकी छन् । उनीहरु गौशाला र आसपासको क्षेत्रबाट पक्राउ परेका हुन् ।