मिटरब्याज प्रकरण : २१२ बिघा जग्गा फिर्ता, २७ जिल्लाका सबै मुद्धामा मिलापत्र

मिटरब्याज प्रकरण : २१२ बिघा जग्गा फिर्ता, २७ जिल्लाका सबै मुद्धामा मिलापत्र


पीडित किसानबाट मिटरब्याजीले हड्पेका २ सय १२ बिघा जग्गा फिर्ता भएको छ । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडित किसान र मिटरब्याजीबीच समन्वय गर्दै हड्पेका जग्गा फिर्ता गराएको हो ।

आयोगका सदस्य पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोगमा परेका उजुरीमाथि छानविन गर्दै मिलापत्र गराउँदा २७ जिल्लाका सबै मुद्धा मिलिसकेका छन् । उनले भने- ‘केही मिटरब्याजीहरू सम्पर्कमा नआएका र खोजी गर्दा पनि फेला पार्न नसक्दा केही जिल्लाका मुद्धा मिलाउन समस्या भइरहेको छ ।’

आयोगमा कूल करिव २८ हजार मुद्धा परेका थिए । तीमध्ये ५ हजार ७५ वटा फछ्र्यौट भइसकेका छन् । अब करिव २२ हजार ९ सय ५ वटा मुद्धा फछ्र्यौैट गर्न बाँकी छन् ।

आयोग सदस्य सुवेदीका अनुसार मधेश प्रदेशका ८ र पश्चिम नवलपरासीसमेत ९ जिल्लामा मात्र २३ हजार ३ सय ९७ मुद्धा परेका छन् । देशका ७७ मध्ये १० जिल्लाबाट भने उजुरी परेका छैनन् ।

file photo