आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मङ्सिर २०८० बुधबार, २९ नोभेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मङ्सिर २०८० बुधबार, २९ नोभेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० मङ्सिर १३ गते तद्अनुसार सन् २०२३ नोभेम्बर २९ तारिख बुधबार मार्गशीर्ष कृष्ण पक्षको द्वितीया तिथि मृगशिरा नक्षत्र साध्य योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३६ मा भयो र सूर्यास्त सांझ १७ः६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन पराक्रम, शुभता र आरोग्यता वृद्धि होला । रोकिएका काम अघि बढ्नेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परिवारमा भने सामान्य असमझदारी बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ र लाभदायक कार्यसिद्धिको योग छ । इष्टमित्रहरूको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्ला ।

वृष – दिन केही चुनौतीयुक्त रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा पनि त्यत्ति मन जानेछैन । लगानीअनुसारको लाभ मिल्ने देखिन्न । कतै छलछाममा पर्ने सम्भावना रहेकोले विशेष सचेतनाको आवश्यकता छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ भने तपाईंको कामले धेरैको मन लोभ्याउन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आरोग्यता, बौद्धिकता र रचनात्मकता बढ्ने समय छ । शत्रुपक्ष परास्त हुनेछ भने यात्रागत कार्यले सार्थकता पाउला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठनपाठनमा पनि प्रगति होला । काम बिग्रने डरले मनभित्र कताकता डर भएपनि गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक याकलापमा विजय प्राप्त होला ।

कर्कट – रोकिएको काम बन्ने र प्रतिष्पर्धीमाथि विजय मिल्ने दिन छ । तथापि, अरूका विषयमा चासो लिँदा विवादमा परिने सम्भावना छ । असावधानीले अनावश्यकरूपमा धन खर्च हुन सक्छ । टाढिएका आफन्तहरू नजिकिने छन् । हाँसखेल तथा मनोरञ्जनपूर्ण कार्यमा मन आकृष्ट होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति हुने योग छ । आरोग्यता रहनेछ ।

सिंह – आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग रहेकोले सावधान रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने दिन छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । निकटका मित्रजन सहयोगी बनेर देखापर्नेछन् । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख रहनेछ ।

कन्या – कर्मबल बढेपनि व्यावसायिक काममा पनि समस्या आउन सक्ने समय छ । विद्यामा कमजोरी र लेनदेनमा पनि विवाद होला । तथापि, रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । दोधारको अवस्था सिर्जना हुनसक्छ, सचेत रहनुहोस् । आत्मीयजनसँग भेटघाट होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने दिन छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्नेछ ।

तुला – समय शुभदायी छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । भौतिक साधनसँग सम्बन्धित समस्या पैदा भएपनि कामको गति रोकिनेछैन । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यता बढ्नेछ । विलासी काममा आकर्षण रहनेछ ।

वृश्चिक – दौडधुप बढेपनि समय मनोरन्जनपूर्ण रहला । टाढाको यात्रा पनि हुनसक्ने दिन छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने योग छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आर्थिक लाभको सम्भावना प्रवल छ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहला । योजना र बजेट बनाएर मात्र अघि बढ्दा सुख-सन्तोष मिल्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – प्रेमभाव बढ्नेछ र मान महत्वमा बढोत्तरी हुने दिन छ । काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यवसायमा फाइदा नै होला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – श्रमको समुचित मूल्यांकन नहुने र आम्दानीमा असर पर्ने सम्भावना छ, सचेत रहनुहोला । केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । चुनौतीका बाबजुद मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुने योग छ । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – दिन चुनौतीपूर्ण रहेको छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ भने समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्ने योग छ । उद्योग व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि, दह्रिलो आत्मबलको कारण जटिल काम सम्पादन हुनेछ । कतैबाट शुभ समाचार प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – ब्यस्तता बढे पनि आरोग्यता र अनुकुलता रहला । मंगलमय एवम् परोपकारजन्य कृत्य सम्पादन गर्ने समय छ । तपाईंको विचारलाई धेरैले कदर गर्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू बढ्नेछन् । धार्मिक यात्राको योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । लेखन प्रकाशनसँग सम्बन्धित कामले सार्थकता पाउला । साझेदारीको काम पनि बन्नेछ । सुख-विलासमा मन आकृष्ट होला ।