स्कुलबसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

स्कुलबसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ महुवारीमा स्कुलबसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने अर्का एक घाइते भएका छन् ।

लुम्बिनी कर्कहवा सडकखण्डमा जाँदै गरेको लु १ क १७७८ नम्बरको सिद्धार्थ बोर्डिङ स्कुल सुर्यपुराको बसले लु १ प ८४८२ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका तीन जनालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दूई जनाको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन् । आगोले बस पुर्ण रुपमा क्षति भएको छ।

घटनामा परी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनामा घाइते सोही ठाउका १७ वर्षीय अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ।

घटनापछि बसचालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ।