लण्डन । गुल्मीको दरबार देवीस्थान घर भई हाल लण्डनमा बस्दै आएका अनिलजंग थापाको हुदयाघातका कारण गत आइतबार निधन भएको छ । ३४ वर्षीय थापालाई छातीमा भएका पीडाका कारण साथीहरुको सहयोगमा क्वीन एलिजाबेथ हस्पिटल लगिएको थियो । सामान्य कुरा गरिरहेका थापा रगत परीक्षण गर्दागर्दै बेहोस भएपछि उनलाई एम्बुलेन्समार्फत् चिकित्सक सहितको टोलीले बिहान ५ बजेतिर सेन्ट थोमस हस्पिटलमा पु-याइएको थियो । त्यहाँ उनको मुटुको सफल शल्यक्रिया भएको भनिए तापनि केही समयपछि मुटुले पुन: काम गर्न छाडेपछि बिहान ६ बजेतिर चिकित्सकले मृत भएको घोषणा गरेका थिए ।
सम्वद्ध श्रोतका अनुसार, अनिल, परिवारका चार भाइ मध्यका साँइला भाइ थिए । उनी परिवार तथा आफन्तहरुमाझ मात्र होइन, साथीभाइहरुसँग पनि उत्तिकै प्रिय बनेका थिए । गुल्मीको चारपालाको बिद्यालयका प्रधानाध्यापक रहेका उनका पिता लक्ष्मण थापा अवकाशपश्चात् उनी हाल काठमान्डौमा बस्दै आइरहेका छन् । अनिल लण्डनमा श्रीमतीका साथ बस्दै आएका थिए । यहाँ उनका नजिकको आफन्तहरु खासै कोही नभएता पनि उनको यो असामयिक निधनमा आफ्नोपनको शून्यतालाई थुप्रै साथीभाइहरुले पूरा गरेको कुराको पुष्टि भएकोछ । अहिले उनको अभावमा धेरैले एक्लोपन महशुस गरेका छन् । उनको मृत शरीरलाई लन्डनमा नै अन्त्यष्टि गरिने भनिए तापनि अहिले नेपाल लाने तयार गरिरहेको हुँदा आफन्त, गुल्मी जिल्ला समाज तथा बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको पहलमा तयारी भइरहेको छ ।
Photo taken from Facebook
प्रतिक्रिया