आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०८० मंगलबार, १२ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मङ्सिर २०८० मंगलबार, १२ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

सूर्य दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २६ गते इ.सं. २०२३ दिसेम्बर १२ तारिख मंगलबार मार्गशीर्ष कृष्ण पक्षको अमावश्या तिथि अनुराधा नक्षत्र धृति योग चतुष्पाद करण आनन्दादिमा वज्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । दर्शश्राद्ध, हलो तथा निशी बार्ने ।

आजको राशिफल

मेष – विभिन्न अवसर पाइने र कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । तर, नयाँ कामको सुरुवात खासै राम्रो छैन । आवश्यकताभन्दा ज्यादा परिश्रम पर्न सक्छ । पारिवारिक भेटघाटको योग छ । दौडधुप रहला । जोखिमप्रति सचेत रहनु बेस रहला । आफन्तसुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्ला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । दाम्पत्यसुख बढ्ला । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – विशेष योजनाहरू बन्ने दिन छ । नयाँ ज्ञान मिल्ला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पढाइमा प्रगति हुनेछ भने आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । आरोग्यता वृद्धि हुनेछ, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । सुख शान्ति प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – समय केही चुनौतीयुक्त छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला, तर गर्दैआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेत रहनु हितकर होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – ब्यस्तता रहला । लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिएला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । विशेषतः सिर्जनशील काममा सफलता मिल्ला । आरोग्यता रहला, रसरागमा आकर्षण बढ्नेछ । सुख वृद्धि हुनेछ । विजयश्री प्राप्त हुने योग छ ।

कन्या – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । भौतिक साधन जुट्नेछन् भने मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । हासविलास खेलकुद भ्रमणमा आकर्षण रहला । समस्यामा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – पराक्रम वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ दिने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिएला । मेहनतको राम्रै फल प्राप्त हुने योग छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अनुकूलता वृद्धि होला । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने समय छ । स्वास्थ्य भने त्यति अनुकुल नरहला । कसैले दिएको अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने सम्भावना छ । खर्च केही बढ्न सक्छ । तथापि, मिठो भोजन प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । भाग्यबल वृद्धि होला ।

धनु – उत्साहजनक समाचारले हर्ष बढाएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । लगानी बढ्नेछ । रसरागमा आकर्षण रहला । यात्रामा सफलता हात पर्नेछ ।

मकर – कर्मबल बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने समय सही छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्नु उपयुक्त हुनेछ । वर्चस्व वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्ने तथा अवसरले पछ्याउने समय छ, बोलीको प्रभाव पनि बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धनलाभ होला । मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । नवीन कार्य आरम्भ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । अनुकूलता बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ ।

मीन – निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही खटपट पर्न सक्ने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।