आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०८० बिहीबार, १४ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ मङ्सिर २०८० बिहीबार, १४ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री दक्षिणायन श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० मंसिर २८ गते इ.सं. २०२३ दिसेम्बर १४ तारिख बिहीबार मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि मूल नक्षत्र गण्ड योग बालव करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:४७ मा र सूर्यास्त साँझ १७:८ मा हुनेछ ।

आजको राशिफल

मेष – अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुपक्षको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । साथीभाइको साथ प्राप्त हुनेछ आफन्तसुख मिल्नेछ ।

वृष – दौडधुप बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुने योग छ । मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । जोखिमप्रति केही सचेत रहनु हितकर होला । रसरागको भावना वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सामाजिक उत्तरदायित्व वहन गरिनेछ भने रोकिएका काम समेत सम्पादन हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ,

कर्कट – स्वास्थ्य कमजोर रहने योग छ तर आज जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आज लेनदेनमा विवाद आउने हुनाले आर्थिक क्रियाकलाप नगर्नु नै बेस हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज केही मात्रामा खर्च बढ्नेछ तर प्रयास गर्दा रोकिएका काम बन्नेछन् । दीर्घलाभ हुने कर्ममा लगानीको समय छ । मातापिताको सहयोग प्राप्त होला । मित्रजनको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

कन्या – व्यस्तता बढ्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने समय छ । आम्दानी बढ्नेछ । नयाँ सवारीसाधन जोहो गर्ने क्रममा हुनुहुन्छ भने प्राप्तिको योग छ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्ने योग छ ।

तुला – सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । तथापि आरोग्यता र पराक्रम वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – भाग्योन्नतिको समय छ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यत्ति फाइदा नहोला । आरोग्यबलका साथ मान महत्व बढ्नेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।

धनु – आज विभिन्न अवसर मिले पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग रहेकोले समय राम्रै छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – काममा सफलता र आरोग्य वृद्धि हुने समय छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि होला । सामान्य प्रतिकुलता रहे पनि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तापनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

कुम्भ – आजको दिन उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । पितृधनसमेत लाभ हुनेछ । व्यापार-व्यवसायमा पनि विशेष लाभ मिल्ने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । मित्रजनको साथ र सन्तानसुख मिल्नेछ । आयबल बढ्नेछ ।

मीन – कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ने समय छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । श्रमको उचित मूल्यांकन हुनेछ भने पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । स्वास्थ्य केही कमजोर रहला । मौसमी स्वास्थ्य प्रतिकुलताबाट बच्ने कोशिस गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।