लण्डन ः एनआरएनए यूकेको पूर्व घोषित कार्यक्रम अन्तरगत दिनांक ०७ डिसम्ब्।र २०१४को दिनमा एनआरएनए यूकेका एउटा टिम मेडिकल टिमहरुका साथ नटिङ्घम पुगेको थियो । यस कार्यक्रममा किङ्स कलेज हस्पिटलमा कार्यरत् बायोमेडिकल साईन्टिस्ट प्रकाश खनाल, डा. राजिव कुमार शाह, डा. सुमित्र काफ्ले, डा. सुनिल शाहका उपस्थिति रहेको थियो । उपरोक्त टिमलाई डेन्टल नर्स गंगा आलेमगरले संयोजन गरेकी थिईन् भने त्यस कार्यक्रमको नेतृत्व एनआरएनए यूकेका अध्यक्ष स्वयम् महेन्द्र कण्डेलले गरेका थिए । उपरोक्त कार्यक्रम स्थानीय नटिङ्घम समाजसंगको सामुहिक अग्रसरतामा सम्पन्न गरिएको थियो । भौगोलिक दूरीको हिसाबमा लण्डनबाट करिब २०० किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा १५० भन्दा बढि नेपालीहरुको परिवार रहेको अनुमान छ । विगत लामो समयदेखि एनआएएनए यूकेलाई लण्डनक्षेत्र भित्रमात्र कार्यक्रम आयोजना गरिएको मुख्य आरोपको सन्दर्भमा सोधपुछ गर्दा अध्यक्ष कण्डेलले,“हालको नेतृत्वले उठाएको महत्वकांक्षी योजनामा डाक्टर नर्स, सोलिसिटर सबै तहतप्काका व्यक्तित्वहरुको साथ यस्तै कार्यक्रमहरु गर्दै स्कटल्याण्डसम्म पुग्ने” बताएका थिए । त्यसै क्रममा नटिङ्घम समाजका अध्यक्ष चन्दले कार्यक्रमको महत्वलाई प्रकाश पार्दै यस्तो खालको हेल्थ शिविरजस्ता कार्यक्रमले सिधा रुपमा यहाँका नेपाली समाजलाई लाभान्वित भएको कुरा बताएका थिए । त्यसै कार्यक्रमा समयमा नै आफ्नो स्वास्थ्यको बारेमा चनाखो भएमा मात्र स्वस्थ जीवन बिताउन सकिने जिकिर डा. सुमित्र काफ्लेको रहेको थियो । त्यसैगरि डा. सुनिल शाहले दोश्रो पुस्ताका नेपालीहरु शिक्षित भएमात्र यो देशमा प्रगति गर्ने मौका प्राप्त हुने कुरा बताउँदै उनीहरुका अविभावकहरुलाई विशेष ध्यानाकर्षन गराएका थिए । स्मरण रहोस यस खालका कार्यक्रमहरु क्रमिक रुपमा एनआरएनए यूकेले लिएको लक्ष्य अनु’सार गर्न सकियो भनेमात्र यो संस्थाप्रति आम दृष्टिकोण परिवर्तन आउन सक्ने देखिन्छ । हालका दिनहरुका यस प्रकारको कार्यक्रमहरुप्रति जनचासो पनि बढ्दै गएको देखिन्छ ।
प्रतिक्रिया