आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुष २०८० सोमबार, २५ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुष २०८० सोमबार, २५ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष ९ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २५ तारीख सोमबार मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि रोहिणी नक्षत्र शुभ योग गर करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन सहयोगीहरूको मद्दतले काम सहजै सफल हुने देखिन्छ । घरमा सामान्य मनमुटाव भएपनि जीवनसाथीबाट पाइनेछ । मान महत्व वृद्धि हुनेछ । घरेलु काममा आकर्षण बढ्ला । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ, सावधान रहनुहोला । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – सन्तानबाट लाभ र सुख मिल्ने तथा दीर्घकालीन योजनाहरू सम्पादन हुने समय छ । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्ला । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्ने योग छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढेपनि प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । आरोग्यता रहला । आफन्त एवम् पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । सन्तान, समर्थक या अनुयायी र मातृशक्तिको सल्लाह-सहयोगले काममा फाइदा हुन सक्छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्ला । आयआर्जनका स्रोत बढ्ने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्य बन्नेछ ।

कर्कट – व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने समय छ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रा फलदायी बन्नेछ भने काममा उत्साह जाग्नेछ । आयआर्जनका थप स्रोत भेटिने योग छ । व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्चसमेत हुनेछ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्ला ।

सिंह – समय केही चुनौतीयुक्त रहला । विश्वासपात्रले धोका दिने तथा सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ भने मातापिताका बारेमा चिन्ता बढ्ने योग छ । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला । विगतका निर्णयले काम बिग्रन सक्छ । तथापि, कर्मबल र साहस बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । यात्रागत कार्यमा सफलता मिल्ला ।

कन्या – काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । सामाजिक प्रतिष्ठामा कमी आउने योग रहेकोले सचेत भइ कव्यवहार गर्नु हितकर होला । अपयशको सम्भावना छ । आर्थिक अभावले पनि सताउने सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सावधान रहनुहोला । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ समस्याको समाधान मिल्नेछ ।

तुला – दिन शुभदायी छ । परोपकारका काम सम्पादन गरिने र मानसम्मान मिल्ने समय छ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्ला । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । साझेदारीमा फाइदा हुनेछ भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । यशवर्चश्व बढ्नेछ । विलासी काममा आकर्षण रहला ।

वृश्चिक – बौद्धिक कार्यमा सफलता मिल्नुका साथै लेखाइपढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्ने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइएला । आरोग्यपन वृद्धि होला । रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । केही खर्च बढ्न सक्छ, योजना र बजेट बनाएर मात्र खर्च गर्नु उपयुक्त हुनेछ ।

धनु – समय खास अनुकुल नरहला । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्ने समय भएपनि धन आर्जनको अवसर जुट्ने योग छ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । काम बिग्रने भयले सताउला । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिन्छ । कर्मबल र साहस बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता वृद्धि हुनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । मिठो भोजन प्राप्त होला । सामर्थ्य वृद्धि हुनेछ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ भने बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर होला ।

मीन – आरोग्यता र पराक्रम बढ्नेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति हुनेछ । आलोचकहरू प्रशंसा गर्न थाल्नेछन् । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।