सुबिन लिम्बू विश्व सुन्दरीमा भिड्दै

सुबिन लिम्बू विश्व सुन्दरीमा भिड्दै


301mxavलण्डन । सन् १९५१ बाट शुरुवात भएको विश्व सुन्दरी प्रतियोगिताको ६४औं प्रतियोगिता यही आउँदो आइतबारका दिन लण्डनमा भव्यताका साथ सम्पन्न हुन गइरहेकोछ । विश्वभरिबाट छानिएर आएका सुन्दरीहरुबीच हुने यस प्रतिस्पर्धामा सहभागी हुन नेपालको तर्फबाट सुबिन लिम्बू लण्डन आइसकेकिछन् । नेपालमा भएको छनौट प्रतियोगितामा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको प्रश्न “ यदि तपाइँले यस प्रतियोगितामा जित्नुभयो भने कसरी नेपालमा छरिएर रहेका युवा युवतीहरुलाई एक जुट गराई नेपालमै रोजगारी श्रुजना गर्नुहुन्छ” भन्ने प्रश्नको सटिक जवाफ दिएर १८ जना प्रतिस्पर्धीलाई पछि पारेर विश्व सुन्दरी प्रतियोगितामा भाग लिने अवसर पाएकी हुन् । विजयपुर धरान निवासी सुबिन लिम्बूको उचाई पांच फिट आठ इन्च रहेकोछ । बिगत तीन बर्षदेखि मोड्लिंग गर्दै आएकी सुबिनले मिस मंगोल २०१० मा फस्ट रनरअपको उपाधिसमेत पाउन सफल भएकी थिइन् ।

FullSizeRenderसेक्सलाई शारीरिक आवश्यकता र प्राकृतिक प्रक्रिया भन्ने सुबिनलाई लामो अनि बडीशेप देखिने खालको पहिरन मन पर्छ । विश्व सुन्दरीको प्रतियोगितामा सफल बनाउनको लागि सम्पूर्ण नेपालीलाई अनुरोधसमेत गरेकी छिन् । भोटको लागि मोबाइलमा [Miss World] एप्स डाउनलोड गर्न सकिनेछ र त्यसमा गएर भाषालगायत देशको चयन गरी आफूले चाहेको प्रतिस्पर्धीलाई भोट हाल्न सकिनेछ।
FullSizeRender(1)