आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुष २०८० मंगलबार, २६ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुष २०८० मंगलबार, २६ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १० गते इ.सं. २०२३ दिसेम्बर २६ तारिख मंगलबार मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथि मृगशिरा नक्षत्र शुक्ल योग भद्रा करणआनन्दादिमा राक्षस योग चन्द्रमा वृष राशिमा १०ः५ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ । पूर्णिमाव्रत, कुठीधान्य लक्ष्मीपूजा, दत्तात्रय जयन्ती, उधौली पर्व ।

आजको राशिफल

मेष – दिन शुभदायी छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । धन आर्जनको अवसर जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आजको केही समय अरूका काममा बित्न सक्छ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

वृष – भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनुका साथै अध्ययन तथा अध्यापनमा राम्रै प्रगति हुनेछ । परिश्रम भने धेरै गर्नुपर्ने योग छ, तापनि काममा सफलता मिल्नाले मन सन्तुष्ट रहला । स्वास्थ्यप्रति केही सजग रहनु हितकर हुनेछ । परिवारिक सुख बढ्नेछ । आरोग्यता रहनेछ ।

मिथुन – आजको दिन बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् । कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । धैर्य राख्नुहोला । विगतको श्रमबाट भने लाभ हुने योग छ । विभिन्न अवसर जुर्ला, तर अवसर फुत्कने सम्भावना देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – विशिष्ट व्यक्तित्वसँग भेटघाट हुने र आत्मविश्वास बढ्ने दिन छ । प्रतिष्ठित काम गर्ने मौका मिल्ला । पारिवारिक जमघटमा मन रमाउनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । आयबल बढ्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह – समय उत्साहवर्द्धक नै रहला । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ । आजको दिन लामो यात्राको सम्भावना छ, तर अनावश्यक यात्रालाई टार्नु नै हितकर हुनेछ ।

कन्या – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पारिवारिक तथा सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । हासविलास, खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । कृषि तथा व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिने समय छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । समयमा होश नपुग्नाले खर्च बढ्न सक्छ । उपलब्धि उठाउन ठूलो प्रयत्न गर्नुपर्ला । तथापि, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । व्यापारमा हुनुहुन्छ भने राम्रै फाइदा उठाउन सकिएला । दामपत्यसुख बढ्नेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्न सक्छ । रोकिएका काम सम्पादन हुनेछन् । आफ्नै कमजोरीले विवादमा परिने योग भएपनि सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – प्रतिष्ठित काम गर्ने मौका मिल्ला, तर बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । तपाईंको श्रमको भने उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति होला ।स्वास्थ्य सामान्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग छ ।
कुम्भ – आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला । तथापि, प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । स्वादिष्ट भोजनको आनन्द पाइएला । स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ, सावधान हनुहोला । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरूले आलोचना गर्नसक्छन् । परिश्रम ज्यादा र फाइदा कममात्र हुने योग छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । तर, सन्तानसुख प्राप्त हुनेछ । रसरागको भाव जगृत होला ।