आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुष २०८० बिहीबार, २८ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुष २०८० बिहीबार, २८ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १२ गते इ.सं. २०२३ दिसेम्बर २८ तारिख बिहीबार पौष कृष्ण पक्षको द्वितीया तिथि पुनर्वसु नक्षत्र ऐन्द्र योग तैतिल करणआनन्दादिमा सिद्धि योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः१५ मा हुनेछ ।

आजको राशिफल

मेष – दिन त्यति उत्साहजनक नरहला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ भने अनावश्यक भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने योग छ । यसका बाबजुद हरेस नखाइ प्रयत्न गर्दा खास सहयोगीका माध्यमबाट लाभ उठाउन सकिनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिछ । साथीभाइको साथ प्राप्तहोला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने समय छ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । आजको दिन प्रेम प्रसङ्गतर्फ ध्यान नदिनु हितकर हुनेछ । धन मान महत्व र आरोग्यता बढ्नेछ । खेलकुदमा आकर्षण बढ्नेछ ।

मिथुन – बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने समय छ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । समयमा निर्णय लिन नसक्दा अवसर गुम्न सक्ने योग छ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्न सक्छ, तर यात्रा पिरणामदायी हुनेछ । यशवर्चश्व वृद्धि हुनेछ ।

कर्कट – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । नयाँ काम मिल्न सक्छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहला । वैदेशिक कार्यहरू पनि सुचारु भएर जानेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने योग रहेकोले सन्तोष मिल्नेछ । लगानी वा खर्च बढ्नेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग रहे पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने सम्भावना रहेकोले आपसमा मधुर व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आयबल बढ्ला । विजयश्री प्राप्त हुनेछ ।

कन्या – आजको दिन लेनदेनमा विवाद बढ्ने सम्भावना छ तर विगतको श्रमबाट भने लाभ होला । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्ने योग रहेकोले अत्यन्त सचेत र संयमित व्यवहार गर्नुहोला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कर्मबल बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – भाग्यबल बढ्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । गरिआएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

वृश्चिक – पति–पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने समय छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, मौकाको फाइदा लिने विशेष प्रयास गर्नुहोला । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ सफलताउन्मुख हुनुहुनेछ । आरोग्यबल वृद्धि हुनेछ । रसरागमा रुचि रहला । समयले साथ दिनेछ ।

धनु – आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, सचेत भइ व्यवहार गर्नुहोला । निर्णायक क्षमतामा कमी आउन सक्छ । यसका बाबजुद आजको दिन धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर पनि प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता हातपर्ला ।

मकर – आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने समय छ, तर कसैसंग झगडा हुन सक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । रोकिएको काममा आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । तपाईंको बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । कमजोरीमाथि टिप्पणी हुन सक्छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आश मारेको कामले उत्साह जगाउने योग पनि छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – धनलाभको समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तर कामको चाप र चौपाया सम्पत्तिमा केही समस्या देखिए पनि अन्ततः समस्याको समाधान मिल्नेछ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्, ध्यान राख्नुहोला । पराक्रम बढ्नेछ । सन्तानसुख वृद्धि होला । रसरागमा आकर्षण रहनेछ ।