आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुष २०८० शुक्रबार, २९ डिसेम्बर २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ पुष २०८० शुक्रबार, २९ डिसेम्बर २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष १३ गते तद्अनुसार सन् २०२३ दिसेम्बर २९ तारिख शुक्रबार पौषकृष्णपक्ष द्वितीया तिथि ७ः४ पर तृतीया तिथि तिष्य नक्षत्र वैधृति योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१६ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन रमाइलोको साथ बित्नेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध रहला । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । अधुरा कामहरु पुरा हुनेछन् । व्यस्तता बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । महत्वपूर्ण कार्यमा सफलता पाइएला । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । यात्रापरक काम बन्नेछ । शारीरिक र आर्थिक कार्यमा राम्रै सफलता मिल्नेछ ।

मिथुन – आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर होला । उपचारका लागि खर्च हुन सक्छ । सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला । मेहनतअनुसारको फल नपाइने योग छ । यसका बाबजुद आँट–पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – समय राम्रो छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । जाँगर वृद्धि होला । आफन्तले सहयोग गर्नाले रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयासअनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अनुकूलता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आर्थिक एवम समाजिक लाभ मिल्ने समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । काममा जाँगर आउनुका साथै यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । घरपरिवारबाट सुख शान्ति मिल्ला । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । आयबल बढ्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

तुला – सोचेअनुरुप काम नहुने समय छ । कामकै पछि लाग्दा पनि परिणाम भने राम्रो हासिल गर्न नसकिएला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । दिएको पैसा पनि फिर्ता नहुने योग छ । विलासी काममा आकर्षण बढ्नेछ । धनसम्पदा बढोत्तरी हुनेछ ।

वृश्चिक – नयाँ लुगा र मीठा परिकारको आनन्द पनि मिल्नेछ । तर, आजको समय अलमल गराउने खालको छ, काममा मन नजान सक्छ । सोचेअनुसार काम बन्न कठिन छ । परिवारबाट सुख मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ ।

धनु – पारिवारिक सुख मिल्ने समय छ । आर्थिक कार्य फलदायी हुनुका साथै आत्मबल बढ्नेछ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । दौडधुप बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धर्मिक कार्यमा संलग्न हुने समय छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने योग छ । पैतृक सम्पतिबाट लाभ हुनेछ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – समय खासै राम्रो छैन, होस राखेर व्यवहार गर्नुहोला । शरीरिक तथा मानसिक आलस्यता बढ्ने योग छ, हौसला राखेर कर्म गर्नुहोला । अनावश्यक डर, वादविवाद हुन सक्नाले गरेका कामहरु अधुरा रहनेछन् भने स्वास्थ्यले पनि त्यति साथ नदिन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मीन – अनुकूलता बढेर रोकिएको काम बन्नेछ । सभासमारोहमा सम्मानित हुने अवसर जुर्ला । काममा बाधा दिनेले खासै प्रगति हुनचाहिँ दिँदैनन्, तथापि खास हानी भने पु¥याउन सक्ने छैनन् । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने योग छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तको साथ कमै मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।