आजको पञ्चाङ्ग एवम् राशिफल (१६ पुष २०८० सोमबार, १ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ पुष २०८० सोमबार, १ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १६ गते इ.सं. २०२४ जनवरी १ तारिख, सोमबार पौष कृष्ण पक्षको पञ्चमी तिथि मघा नक्षत्र १ः४७ पर पूर्वाफाल्गुणी नक्षत्र आयुष्मान योग गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । अङ्ग्रेजी वर्ष सन् २०२४ प्रारम्भ ।

आजको राशिफल

मेष – नोकरी एवम् रजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । धनमान प्राप्तिहोला । तपाईंको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा पनि लाभ हुने दिन रहेको छ । प्रेमभावका साथै रचनात्मकता बढ्नेछ । आफन्तसुख प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ तर नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्नेछ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता रहनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदाकै योग छ । आरोग्यपन र साहस वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट – केही चुनौती खडा हुने समय छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । स्वास्थ्य केही कमजोर रहला, तर काममा सहयोग जुटाउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । आफ्नै बलविवेकले काम बन्ने योग छ ।

सिंह – पढाइलेखाइमा प्रगति हुने समय छ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग रहेकोले प्रयास सार्थक हुन सक्छ । कृषि तथा पशुपालनमा फाइदा होला । तथापि, अन्य व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कन्या – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन पनि सन्तोषप्रद रहने छ । लगानी तथा खर्च बढ्ने योग छ । हासविलास, खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धन पनि आर्जन हुन सक्छ । व्यापार बढ्ने र रमाइलो भेटघाटले मन हर्षित हुनेछ । शुभता र आयबल बढ्नेछ । धर्मकर्ममा आकर्षण रहला ।

वृश्चिक – कर्मबल बढ्ने तथा उत्साहवर्द्धक समय छ र पनि सोचेअनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा भने अनुकूलता आउनेछ । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – भाग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । परिश्रमअनुसार उपलब्धि राम्रै मिल्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, सावधान रहनुहोला । यात्रामा सफलता हात पर्नेछ ।

मकर – दौडधुप बढ्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । शारीरिक अस्वस्थताको सम्भावना छ, ध्यान राख्नुहोला । आम्दानीमा कमी आउने छैन तर प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्ने योग छ । अनुकूलता बढ्नेछ ।

मीन – आजको दिन मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । धेरै लगानीपछि कममात्र फाइदा हुने योग छ । परिवारजनमा असमझदारी बढ्न सक्छ, संयमतापूर्ण व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण रहला ।