आजको पञ्चाङ्ग एवम् राशिफल (१८ पुष २०८० बुधबार, ३ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ पुष २०८० बुधबार, ३ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्री शाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष १८ गते इ.सं. २०२४ जनवरी ३ तारिख बुधबार पौष कृष्ण पक्षको सप्तमी तिथि १६ः५४ पर अष्टमी तिथि उत्तरा फाल्गुनी नक्षत्र शोभन योग बालव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः२० मा हुनेछ । अष्टमी व्रत ।

आजको राशिफल

मेष – आजको दिन सकारात्मक र नकारात्मक दुवैखाले परिणाम दिने प्रकारको छ । सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रागत कार्य पनि त्यति फलदायी नहोला, यात्रामा सावधान रहनु हितकर हुनेछ । बेकारको विवादमा फस्न सकिन्छ, बोली र व्यवहारमा संयमता राख्नुहोला । ब्यापारमा भने फाइदै हुनेछ । रसरागको भाव वृद्धि होला । आफन्त सुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

वृष – व्यापारमा गरेको लगानी सन्तोषप्रद रहने समय छ, तर गलत लेनदेनमा समस्या आउन सक्छ । काममा समस्याको सामना गर्नुपर्ला । जागीरमा भने सम्मान पाइनेछ । अरुबाट प्रशंसा पाउनुहोला । मन हर्षित रहनेछ । कुटुम्बका काममा सघाउनु पर्नेछ । प्रेमभाव बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – अधुरा काम बन्ने दिन छ । मनमा हौसला बढ्नेछ र त्यसै-त्यसै मन हर्षित भएर आउला । पढाइलेखाइमा प्रगति र ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने योग छ । खुसीको खबर प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । शुभ काममा आकर्षण रहला । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ ।

कर्कट – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । धैर्यले काम लिनु हितकर होला । पराक्रम वृद्धि हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम राम्रो हुनेछ ।

सिंह – गलत विचार र विवाद बढ्ने अनि काममा अवरोध आइ धनको नाश हुनसक्ने समय छ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च बढ्न सक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या – आजको दिन बुद्धिको ठूला व्यक्तिबाट तपाईंको बुद्धि-विवेकको तारिफ होला । नयाँ कामको थालनी हुने समय छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा पनि विजयी भइनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – आयबल एवम् आरोग्यबल बढ्ने समय छ । मान महत्व बढ्ला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिएला । रमणीय र सुखद यात्राको योग छ । ब्यापारबाट सामान्य नाफा होला । समयले साथ दिनेछ ।

धनु – आजको दिन चुनौतीयुक्त रहला । पढाइलेखाइमा ध्यान दिन सकिनेछैन । मित्र बनेर धोका दिनेहरू आइलाग्नेछन् । अर्थको पनि हानी हुने योग छ । शरीरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पीडा थपिने छ, सजक रहनुहोला । घरेलु समस्याले सताउने छ । यसका बाबजुद कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर – बोली र व्यवहारबाट अरुको मन जित्न सकिने समय छ । नसोचेको धन लाभ होला । नोकरी तथा राजनीतिमा मान सम्मान पाउने योग छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । आर्थिके लेनदेन पनि खासै राम्रो छैन । आरोग्यता वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन – आजको दिन व्यापारमा मनग्गे धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग नमिल्ला । व्यापारमा पाउने सफलता यथावत रहनेछ । साथीभाइसंग भेटघाट पनि होला । नयाँ कामका योजना बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । दाम्पत्य सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।