आजको पञ्चाङ्ग एवम् राशिफल (२० पुष २०८० शुक्रबार, ५ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० पुष २०८० शुक्रबार, ५ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष २० गते तद्अनुसार सन् २०२४ जनवरी ५ तारिख शुक्रबार पौषकृष्णपक्ष नवमी तिथि चित्रा नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२१ बजेमा हुनेछ । गुरु गोविन्द सिंह जयन्ती ।

आजको राशिफल

मेष – आरोग्यता रहने र दाम्पत्य सुख बढ्ने समय छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा आजको समय ब्यतीत होला । आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ । बौद्धिक पक्षमा लाभ मिल्ने योग छ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, सचेत रहनुहोला । सवारी तथा हातहतियारको उपयोग आजको दिन विशेष सावधानीका साथ गर्नु हितकर हुनेछ ।

वृष – धेरै परिश्रमबाट थोरैमात्र लाभ मिल्ने समय छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । घर-जग्गामा विवाद देखिन सक्छ, विशेष सतर्क रहनु हितकर होला । आर्थिक अभावले पनि सताउन सक्छ । घरेलु काममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । । व्यवसायमा अनुकूल परिवर्तन होला । व्यवसायमा सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । आवेगले गर्दा हातमा आएका अवसर गुम्न सक्छ, धैर्यशील रहनुहोला । समस्याको समाधान प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

कर्कट – व्यस्तता बढ्नेछ । आजको दिन नसोचेको ठाउबाट आर्थिक लाभ होला । नया उद्योग–धन्दाको थालनी गर्न सकिने समय छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ भने विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । रसरागमा आकर्षण रहला । । मिठो भोजन प्राप्त हुनेछ । जीवनसाथीलाई केही पीडा हुन सक्छ, सचेतनापूर्ण व्यवहार गर्नुहोला ।

सिंह – सहयोगीजनको राम्रो साथ पाइने छ तर पारिवारिक असमझदारी र बन्धुबान्धबसंग मनमुटाव हुन सक्छ । त्यसबाट खासै बिगार भने हुने देखिन्न । घरमा सामान्य मनमुटाव होला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना रहेकोले सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ भने कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्य सम्बन्धी समस्याले केही खर्च हुने दिन रहेको छ । अनावश्यक खर्च र ऋणभार बढ्ने व्यवहारबाट पर रहनुहोला । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्ने योग रहेकोले आजको दिन सार्वजनिक क्रियाकलापमा सरिक नभएकै राम्रो हुनेछ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिएला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन फलदायी यात्रा हुन सक्छ । काममा उत्साह जाग्नेछ । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिने योग छ । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – सन्तानपक्षबाट फाइदा र सुख मिल्ने समय छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । खर्च नियन्त्रणको लागि आज विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – मानहानी वा अपजशको सम्भावना रहेको दिन छ, संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट फाइदा हुने योग छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ, तर साझेदारीमा विवाद पर्न सक्छ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा कष्ट हुने देखिन्छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने समय छ । व्यवसाय र कृषिकर्ममा परिश्रम तथा लगानीभन्दा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यान राखेर व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – सामर्थ्य वृद्धि हुनेछ । तथापि, बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग रहेकोले विशेष संयमताको खाँचो पर्ला । अनावश्यक खर्च बढ्न सक्छ, सावधान रहनुहोला । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, खानपानमा ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – दौडधुप बढेपनि आर्थिक उपार्जनमा सुधार आउने समय छ । प्रयत्न गर्दा नयाँ नोकरीसमेत प्राप्त हुने योग छ । नोकरीतर्फ हुनेहरूका लागि प्रशंसा या पदोन्नतिको समय छ र, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला, सचेत रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । जटिल समस्याले समेत सहजै निकास पाउने समय छ ।