आजको पञ्चाङ्ग एवम् राशिफल (२१ पुष २०८० शनिबार, ६ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ पुष २०८० शनिबार, ६ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ हेमन्त ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० पौष २१ गते इ.सं. २०२४ जनवरी ६ तारिख शनिबार पौष कृष्ण पक्षको दशमी तिथि स्वाती नक्षत्र धृति योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६: ५७ मा भयो र सूर्यास्त साँझ १७:२२ मा हुनेछ । दिशीपूजा ।

आजको राशिफल

मेष – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिने छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेला । मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । प्रेममा सफलता मिल्ने योग छ । दामपत्य सुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्ला । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह वृद्धि होला ।

वृष – साहसी कार्यमा सफलता प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धन कसिने योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । धनलाभ हुनुका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

मिथुन – समय अलिक चुनौतीयुक्त छ । कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने र समयमा निर्णय नहुँदा काममा अवरोध आउने, खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ । शुभ काममा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – व्यापारमा सफलताले मन रमाउने समय छ । व्यस्तता बढ्नेछ । धन कमाउने अवसर मिल्ला । मनमा दुविधा रहे पनि सामाजिक काममा नाम रहने छ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेको काम पुरा भइ धनको लाभ हुन सक्छ । मान–सम्मान मिले पनि मनमा डर रहने छ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह – पराक्रम वृद्धि र आरोग्यबल बढ्नेछ । दिन सुखमय ढंगले बित्ने देखिन्छ । सिर्जनशील कार्यमा प्रगति हुनेछ । काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाईंप्रति रहनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । रसरागमा आकर्षण रहला । विजयश्री प्राप्त हुनेछ ।

कन्या – सोच्दै नसोचेको स्थानबाट लाभ हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ मित्रको आगमनले मन प्रशन्न तुल्याउला । सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । हासविलास, खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । मनोकूलको काममा सफलता मिल्ला । नोकरीमा उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – दिन केही चुनौतीयुक्त छ, खासगरी खर्च गर्दा सजगता अपनाउनुहोला । स्वास्थ्यका लागि खानपानमा पनि सचेत रहनु हितकर हुनेछ । कठोर परिश्रमले लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने येग छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।

वृश्चिक – काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम मिल्ने योग छ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ भने पुराना साथिसंगीसंग भेटघाटको अवसर जुर्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पाहुना आगमनले पनि खुशी दिलाउने दिन छ । मिठो भोजन प्राप्ति र आरोग्यबल वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । समयले साथ दिनेछ ।

धनु – आँटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि मित्रजन एवम् परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता हातपर्नेछ ।

मकर – कर्मबल बढ्नेछ तर आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहला । काममा पनि फाइदाको योग छ । घरेलु समस्याले भने सामान्यरूपले सताउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । आफन्तजनको सहयोग प्राप्त होला ।

कुम्भ – अरूको भर पर्दा काममा धोका हुन सक्छ । आजको दिन स्वास्थ्य पनि बिग्रन सक्छ, सचेत रहनुहोला । समय त्यति राम्रो छैन, गलत विचार बढने छ, समयमा सहि निर्णय गन सकिँदैन । जोखिम बढ्नेछ । एकतिर सुखसुविधा र विलासितातर्फ मन जाने र अर्कोतिर मानसिक तनावले नकारात्मक सोच पैदा गर्न सक्छ । धैर्य राखेर कदम चाल्नु हितकर हुनेछ । इष्टमित्रको साथ मिल्नेछ ।

मीन – दौडधुप बढ्नेछ । बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।