साउथ अफ्रिकाकी रोलेन स्ट्राउस मिस वर्ल्ड-२०१४

साउथ अफ्रिकाकी रोलेन स्ट्राउस मिस वर्ल्ड-२०१४


Miss-World-MAINलण्डन । सन् १९५१ बाट आरम्भ भएको मिस वर्ल्ड प्रतियोगिता सन् २०१४को लागि ६४औं प्रतियोगिता लण्डनको एक्सेलमा हिजो अर्थात् १४ तारिख आइतबारका दिन सम्पन्न भएको छ । यस पटकको लागि मिस वर्ल्डको ताज, साउथ अफ्रिकाकी बाईस् वर्षीया रोलेन स्ट्राउसको शिरमा परेको छ ।
चिकित्सा क्षेत्रसँग सम्वन्धित परिवारमा हुर्केकी रोलेन पनि चिकित्सा क्षेत्रकै विद्यार्थी हुन् जसको भविष्यको लक्ष पनि डाक्टर बनेर सेवा गर्ने रहेको छ । फूर्सदको समयमा खेलकूदमा बढी रुचि राख्ने र विशेषगरी उनी गल्फ, नेटबल र साइक्लिंग गर्न रुचाउँदछिन् । संगीतमा पनि उत्तिकै रुचि राख्ने रोलेन मुख्यतया गितार तथा पियानोको निक्कै शौखिन छिन् ।
नेपालको तर्फबाट सो प्रतियोगितामा भाग लिएकी सुविन लिम्बूले भने खाली हात नै घर फर्कनु परेको छ । यद्यपि यहाँसम्म आएर सहभागिता जनाउनु पनि नेपाल र नेपालीको लागि गौरबकै विषय भएको बताइएको छ । एक सय पच्चीस जना सुन्दरीहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा फर्स्ट रनरअप हंगेरीकी इडिना कुल्सार र सेकेण्ड रनरअपमा युनाइटेड स्टेट्सकी एलिजावेथ सफ्रिट पर्न सफल भएका छन् । यसैगरी टप फाइभमा पर्नेहरुमा क्रमशः मिस अर्जेन्टिना चौबीस वर्षीया कर्टनी थ्रोप, मिस अमेरिका बाईस् वर्षीया एलिजावेथ सफ्रिट, मिस अस्ट्रेलिया चौबीस वर्षीया कर्टनी थोर्प, मिस हँगेरी तेईस वर्षीया इडिना कुल्सार, मिस सायथ अफ्रिका बाईस वर्षीया रोलेन स्ट्राउस र मिस इंग्ल्याण्ड चौबीस वर्षीया क्यारिना टाइरेल रहेका छन् ।
त्रिसट्ठी वर्षअघि शुरु गरिएको मिस वर्ल्ड प्रतियोगिताको यो सालको प्रतियोगिता निक्कै सफल भएको र यसप्रति निक्कै नै खुशी व्यक्त गरेकी छिन् प्रतियोगिताकी अध्यक्षा जुलिया मोर्लेले ।
Miss-World-MAIN2
-तस्वीरहरु नेटबाट साभार गरिएको छ ।