आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पुष २०८० आइतबार, ७ जनवरी २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ पुष २०८० आइतबार, ७ जनवरी २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८० पौष २२ गते तद्अनुसार सन् २०२४ जनवरी ७ तारिख आइतबार पौषकृष्णपक्ष एकादशी तिथि विशाखा नक्षत्र शूल योग बब करण आनन्दादिमा उत्पात योग चन्द्रमा तुला राशिमा १३ः१८ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त सांझ १७ः२२ बजे हुनेछ । सफला एकादशी व्रत ।

आजको राशिफल

मेष – लगनशीलताले काममा उत्साह जगाउने समय छ । नयाँ काम सुरु गर्न सकिनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका जुर्न सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ भने कतै आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । तर, कृषि तथा पशुपालनमा भने खर्च बढ्नेछ । अनुकूलता वृद्धि भइ आनन्द बढ्नेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – काम गरेर अरूलाई आकर्षित गर्न सकिने समय छ । सामान्य प्रयासबाटै सफलता मिल्नेछ भने अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – समय केही चुनौतीयुक्त छ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विवादमा पर्न सकिने योग छ, सचेत भइ व्यवहार गर्नुहोला । विचार नपु¥याइ बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्न सक्ने समय भएकोले सचेतनाको जरुरत छ । तथापि, सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ । आरोग्यता रहनेछ ।

कर्कट – नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । तथापि, पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने योग छ । ब्यापारमा पनि लाभ नै होला । रसरागमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ला । भौतिक सुख सुबिधाको साधन प्राप्ति हुनेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनुपर्नेछ, जसबाट मान प्रतिष्ठा बढ्ला । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – रोकिएका काम बन्ने, दीगो फाइदा हुने काम तथा जिम्मेवारी हात पार्ने समय छ । काम बने पनि जिम्मेवारी थपिन सक्छ । सुख-दुःखमा साथ दिनेहरू भेटिनेछन् । यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, सजग रहनुहोला । साहित्यिक कार्यमा मन जानेछ । ब्यस्तता बढ्नेछ । समस्याको समाधान मिल्ला ।

तुला – स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा ज्यादा समय खर्चनुपर्ने योग छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्नेछ । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने दिन छ । काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । शुभचिन्तकहरूले साथ दिनेछन्, तर केही चुनौती देखापर्न सक्छ । कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू पार लाग्नेछन् । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुलाई परास्त गर्न सकिनेछ ।

धनु – व्यावसायिक काममा प्रशस्त फाइदा हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्ला । व्यवसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानका बारण मानसम्मान मिल्ला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – भाग्यबल वृद्धि हुने समय भएपनि आजको दिन चुनौतीपूर्ण रहला । झमेला, विवाद र चोटपटकको योग छ । आकस्मिक खर्च बढ्न सक्छ, ध्यान राख्नुहोला । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्छ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन असहज किसिमले नै बित्न सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा केही चुनौती देखापर्न सक्छन् । स्वास्थ्यमा देखिने समस्याले नियमित काम प्रभावित हुने सम्भावना छ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।