एमआरपी शिविरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं यूकेको सहभागिता

एमआरपी शिविरमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं यूकेको सहभागिता


20141214_120447

20141214_100501लण्डनः दिनांक १४ डिसेम्बर १४को दिनमा दक्षिणपूर्व लण्डन क्षेत्रमा बसोबास गर्ने नेपाली वासिन्दहरुका लागि एमआरपी पासपोर्ट बनाउने स्थानीय शिविर सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाली पुरानो राहदानी वाहकहरुको बाक्लो सहभागिता रहेको थियो । बेलायतका लागि नेपाली राजदूत (कार्यवाहक) तेजबहादुर क्षेत्रीको आगुवाईमा बिहान ९बजेदेखि बेलुका ६बजेसम्म विलविच स्थित लोटाज क्लबमा सञ्चालन गरिएको एमआरपी शिविरमा स्थानीय वासिन्दहरुको बाक्लो उपस्थिति रहेको थियो । यस शिविरलाई संयुक्त रुपमा नेपाल ग्रिनविच फोरमको संयोजनमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं यूके, कपिलवस्तु समाज यूके लगायत अन्य संघसंस्थाहरुमा नेपाली हाईस्किल संस्था, चार्लटन नेपाली समाज, पासापूचा यूके, जमघट परिवार यूके तथा नेपाली युवासंघ ग्रिनविच अग्रपङ्तिमा रहेका थिए । दिनभरिको व्यस्तताभित्र धेरै संघसंस्थाका स्वयम् सेवकहरुको उदहारणीय योगदान रहेको थियो । ३१५ जना आवेदनहरु सङ्कलन गर्न सफल भएको थियो भने पासपोर्ट सम्बन्धि जिज्ञासा राख्ने बहुसङ्ख्यक सहभागीहरुलाई पासपोर्टबारे जानकारी गराईएको थियो । नेपाली संघसंस्थाहरुबाट स्वयम् सेवकहरु खटिनुको बावजुद आफ्नै संघसंस्थाहरुबाट आफनै कम्प्युटर तथा फोटोकपि मेशिनहरु उपलब्ध गराएर ऐक्यबद्धता र सौहाद्र्ताको राम्रो नमुना प्रदान गरेको थियो । यसै शिविर कार्यक्रममा नेपाल फोरम ग्रिनविचका अध्यक्ष रामकुमार अधिकारी तथा कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सबै स्वयम् सेवकहरु तथा संघसंस्थाहरुलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको तर्फबाट अध्यक्ष श्रीचन्द्र गुरुङ लगायत वरिष्ठ सल्लाहकार मोहन गुरुङ, सल्लाहकार द्वय क्रमशः चन्द्रमान गुरुङ, हरि गुरुङ (गोदिन्द), नेपाली युवासंघ ग्रिनविचका अध्यक्ष ह्यारी गुरुङ, निर्मला गुरुङ, लक्ष्मि गुरुङ, विष्णु गुरुङ तथा कमला गुरुङ थिए । दक्षिणपूर्व लण्डन क्षेत्रमा सञ्चालन गरिएको यो पहिलो एमआरपी शिविरमा नेपालीहरुको ज्वलन्त निस्वार्थ मानवीय सहयोगको उदहारण प्रत्यक्ष देख्न मिलेको थियो ।